बागमतीमा फोहर फाल्ने र जग्गा मिच्नेको अभिलेख ड्रोन क्यामेराले उतार्ने



बागमतीमा फोहर फाल्ने जग्गा मिच्नेको अभिलेख ड्रोन क्यामेराले उतार्ने

काठमाडौं बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको
दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएको ड्रोन क्यामेरासहितको समूहले आजदेखि गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतार्ने अभियन्ता उमेश बोहराले बताए
गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौँ महानगरपालिकाको सिनामङ्गलदेखि मीनभवनसम्म काठमाडौँ महानगरपालिकाकै टेकुपुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म गरी तीन समूहमा विभाजन गरी नदीमा फोहर फाल्ने, ढल मिसाउने सार्वजनिक जग्गा मिच्नेको अभिलेख तस्बिर मार्फत उतार्न सरकारसँग स्वीकृति लिइएको ”–उनले भने
ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका नगरपालिकामा बुझाइने भएको ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आउन चार दिन लाग्ने सफाइ महाअभियानले जनाएको
ड्रोन क्यामेराबाट तस्बिरसहितको प्रतिवेदन लिन दक्षिण कोरियाबाटै पाइलट पिटर पार्क जिजुन फङ नेतृत्वको समूह काठमाडौँ आएको
सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी ५०० बढी व्यक्तिको सहभागिता थियो सफाइको नेतृत्व चीनका लागि पूर्व नेपाली राजदूत डा महेश मास्के, जीवन विज्ञान नेपालका एलपी भानु शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार भट्टराईलगायतले गरेकाथिए
सफाइसँगै एक समूहले घर दैलोमा गई जनचेतामूलक अभियान सञ्चालन गर्ने क्रममा मीनभवन क्षेत्रको सडक किनारमा फोहर फाल्नेबाट रु १५ हजार जरिवानास्वरुप उठाइयो
विष्णुमती सफाइको १२८ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो महादेव खोलाको सफाइमा स्थानीयवासी उल्लेख्य सहभागी भएको अभियानकर्मी विजेन्द्र लामाले बताए
स्थानीय वृद्धको समूहले भजनसहितको जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरेका थिए तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा सफाइ सञ्चालन गरिएको थियो
नख्खु खोला सफाइको ७१ औँ हप्तामा आज नख्खु पुल वारिपारि सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बलुदेव पाण्डेले बताए यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरापाटी हाम्रो जोरपाटी पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन्
विसं २०७० जेठ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी उपत्यका बाहिरका नदी सफाइ गर्न समेत स्थानीयवासी जुटेका छन् रासस

Post a Comment

أحدث أقدم