राजनीति बिकासको लागि होस
आज देशको हरेक क्षेत्रमा राजनीति हाबी भैरहेको छ । यही राजनीतिको कारण मध्यपुर थिमि नपाको एतिहासिक र कुनै समय यस क्षेत्रको शिक्षा क्षेत्रमा भक्तपुर जिल्लाकै अग्रणी स्कूलको रुपमा पहिचान स्थापना गर्न सफल रहेको बिद्यालय आदर्श उच्च मा.बि.मा दुई खेमा बिभक्त राजनीतिक दलको कारण लामो समय देखि प्राचार्य नियुक्त हुन सकेको छैन ।
उक्त बिद्यालयमा लामो समय देखि अध्यापन गराउदै आएका बुद्धिकुमार घो श्रेष्ठलाई बिद्यालय व्यवस्थापन समितिले निमित्त प्र.अ.मा नियुक्त गरेकोमा नेपाली कांग्रेस समर्थित समूहले असहमती जनाएको थियो र नियम संगत नभएको भनी बरिष्ठताको आधारमा ध्रुब हमाल प्र.अ. हुनु पर्ने जनाएको थियो । हमाल नेका समर्थित र घो एमाले समर्थित शिक्षकको रुपमा रहेका छन् । यही एमाले र नेका बिच को प्रअ बनाउने भन्ने बिषयका कारण बिद्यालयमा लामो समय देखि प्र.अ.को पद खाली रहेको छ ।
बिद्यालय राजनीति गर्ने स्थान होइन । यो बिद्या आर्जन गर्ने स्थान हो । राजनीति बिद्यालयको हितको लागि हुनुपर्छ । बिद्यालयको क्षमता बेद्धि र हाल बिद्यालयमा स्थानीय बिद्यार्थीहरुको आकर्षण कम भएको अवस्थामा स्थानीयहरुको छोराछोरी आकर्षित गरेर कसरी गुणस्तरिय शिक्षा दिन सिकन्छ भन्ने तर्फ केन्द्रित भएर राजनीति हुने पर्नेमा दलका कार्यकर्ताहरु नै सामुदायिक बिद्यालयको प्र.अ. हुनु पर्ने परम्परा बसाउन राजनीतिक दलहरु केद्रित हुनु दुःखदायी पक्ष हो । अझ बर्तमान अवस्थामा बिद्यालयमा आर्थिक अवस्था कमजोर रहेका र बाहिरबाट मजदूरीका लागि आएका छोराछोरीहरु मात्र अध्ययन गर्ने गरेको अवस्था छ । हुनत सरकारी सामुदायिक बिद्यालय यस्तै परिवारको लागिमात्र रहेको आम जनसमुदायको धारणा रहेको छ ।
सक्ने र हुनेखानेहरुका लागि त मँहगा प्राइभेट बिद्यालय रहेको नै हुन्छ । गरिब र असाहयहरुको शिक्षा प्राप्त गर्ने थलोमा बिद्यालय राम्रो हुनु र नहुनुको कुनै सरोकार राजनीतिक दलहरुले लिएको देखिदैन । किनकी यसको प्रत्यक्ष असर पर्ने भनेको आर्थिक अवस्था कमजोर हुने बिद्यार्थीलाई मात्र पर्दछ ।
समुदायमा रहेको बिद्यालय राम्रो होस् भन्ने चाहना हरेको स्थानीयको हुन्छ यसमा कसैको दुइमत छैन । बिद्यालयको प्रमुख स्थानीय व्यक्ति नै भएको अवस्थामा स्थानीयले बिद्यालयमा अपन्त्वको आभास गर्न पाउँछ । तर यी मात्र बिद्यालयको बिकास गुणस्तरिय शिक्षा प्रदान गर्न सक्ने मापदण्ड अवस्य होईन ।
हामी कहाँ राजनीतिक दलका नेताहरु, शिक्षक बुद्धिजीविहरु र सामाजिक कार्यकर्ताहरुमा सामुदायिक बिद्यालयको शिक्षा गुण्स्तरिय नहुने मानसिकता रहेको छ । जसको कारणले गर्दा पनि सामुदायिक बिद्यालय प्रति बितृष्णा जाग्नु स्वभाविक हो । यही कारणले पनि आम जनसुदायमा समेत सामुदायिक बिद्यालय प्रतिको आकर्षण घटेको अवस्था छ ।
बिद्यालय स्थानीयको आफ्नै ओ भन्ने जगाउन पनि स्थानीय राजनीतिक दलका नेताहरुले अनिवार्य रुपमा आफ्ना सन्तानहरु सामुदायिक बिद्यालयमा भर्ना गर्न सक्नु पर्दछ । समाज परिवर्तनका बहाकका रुपमा रहेको बिद्यालयका शिक्षक, सामाजिक कार्यकर्ताहरुले सामुदायिक बिद्यालयमा आफ्ना सन्तान भर्ना गरेर उदाहरणीय कार्य गरेको अवस्थामा बिद्यालयले पनि गुणस्तरिय शिक्षामा ध्यान दिन्छ । अर्थात ध्यान दिनु आवश्यकता रहन्छ ।
त्यसैले राजनीती बिकासको लागि होस । ध्वँसको लागि होइन ।

إرسال تعليق