पहिचान खोज्दा साँखुबासीमाथि प्रचण्ड सरकारको दमन


पहिचान खोज्दा साँखुबासीमाथि प्रचण्ड सरकारको दमन



काठमाडौं, माघ २६ । ऐतिहासिक नगर सक्वलाई हालैको सरकारी प्रतिवेदनले समाप्त पार्न खोजेको भनी स्थानीय जनताले विरोध जनाउँदा सरकारी पक्षबाट व्यापक रुपमा दमन गरी बिहानै दर्जनौं गिरफ्तार गरिएको छ ।
३००० बर्षको इतिहास बाकेको प्राचीन नेवार बस्ती सक्व/साँखु/शंखरापुरको पहिचान मेटाएर केही सरकारी कर्मचारीले यसलाई कागेश्वर मनहरा नगरपालिकामा गाभिने भन्ने प्रतिवेदन बाहिर ल्याएपछि यसबाट आफ्नो पहिचान मेटिने र यसको नाम शंखरापुर न.पा. कायम हुनुपर्ने माग राखेर स्थानीयबासीले आन्दोलन शुरु गरेका थिए ।
स्थानीय दिलिप कुमार श्रेष्ठले अहिले इन्द्रायणी पुल छेउ हजारौं जनता एकत्रित भएर जनताको पहिचानमाथि खेलबाड नगर्न आग्रह गर्दै आन्दोलन गरिरहेको बताए ।  यसै क्रममा तीनजना घाइते भएको पनि उनले बताएका छन् ।
स्थनीयबासीसँग कुनै छलफल नगरी केही कर्मचारीले आफुखुसी जनताको पहिचानसँग जोडिएको भूमिनामाकरणमा अतिक्रिमण गरेको भन्दै आन्दोलन गरिरहेका स्थानीय जनतालाई प्रहरीले हस्तक्षेप गरी आन्दोलनकारी गिरफ्तार गरेको हो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ५ बजेदेखि १० बजेसम्म बन्द आव्हान गरिएको छ ।
दलका नेताहरुले आन्दोलनको नेतृत्व सुरुमा गरेतापनि अव स्थानीयवासीले स्वतस्फूर्त रुपमा आन्दोलन गर्ने क्रममा आज बुधवार बन्द आह्वान गरेको थियो । बन्द आह्वानकर्ताहरुमध्ये एलपी श्रेष्ठ, ओम कार्की, मजनेज, सुवर्ण श्रेष्ठ लगायत गिरफ्तार भएको जानकारी प्राप्त भएको छ । सयौं महिला र पुरुषहरु आन्दोलनमा छन् ।
बन्द र सरकारी दमनका कारण स्थानीय जनजीवनदेखि मेलामा गएकाहरु समेत प्रभावित भएका छन् ।
यसैको विरोध स्वरुप हिजो स्थनीय स्कूल बन्द गरेको थियो । त्यस्तै अस्ति सरकारी कार्यालयहरुमा तालाबन्दी गरेको र त्यसको अघिल्लो दिन नगरपालिका र वडा कार्यालहरुमा तालाबन्दी गरेको ।
आजको आन्दोलनबाट पनि माग पुरा नभए अनिश्चितकालिन बन्द गर्ने आन्दोलनकारीले चेतावनी दिएका छन् ।

Post a Comment

أحدث أقدم