राजनीतिले सरकारी बिद्यालय बिगार्यो



राजनीतिले सरकारी बिद्यालय बिगार्यो : शिक्षा राज्यमन्त्री








काठमाडौं १५ फागुन लालिगुराँस बाटिका बिद्यालयले राज्य मन्त्री बिकको समय त्यत्तिकै पाएको भने होइन, बिककी एकमात्र सन्तानको शिक्षाको थलो पनि यही बिद्यालय रहेछ बिकले मन्त्री हुनु अगाडीबाट नै बिद्यालयलाइ पर्याप्त समय दिने गरेको बताउँदै एक अभिभावक भवानी घिमिरेले भनिन् '' मन्त्रीज्यू हामी जस्तै यस बिद्यालयको अभिभावक पनि हो नि ''

राज्य मन्त्री बिक अभिभावक दिवसमा अभिभावकको रुपमा पो आएकिरहिछन् उनकी  एक्ली छोरी एलिना खनाल लालिगुराँस बाटिका बिद्यालयको कक्षा मा पढ्दिरहिछन् आफ्नी प्यारी छोरी उनको बिद्यालयको प्रगति अवलोकन गर्न पो उनी आइकीरहिछन्  एलिना कक्षा देखि नै यसै विद्यालयमा पढ़ने गरेको बताउँदै एक शिक्षकले भने ''आफ्नै अभिभावकलाई अभिभावक दिवसमा राज्यमन्त्रीको रुपमा स्वागत गर्दा गौरवको अनुभव हुनेरहेछ '' 


प्रमुख अतिथिको रुपमा अभिभावक दिवसमा बोल्दै शिक्षा राज्यमंत्री धनमाया बिकले आफू लालिगुराँस बाटिका बिद्यालयको अभिभावक भएको कुरा लुकाइनन् तर आफू सामुदायिक बिद्यालयको पक्षपाती भएर पनि संस्थागत (निजी ) विद्यालयमा छोरी पढाउनुपर्दा पीडाबोध हुनेगरेको बताइन्

सबैले पैसा तिरेर पढाउन नसक्ने भन्दै बिकले सामुदायिक बिद्यालयले सर्वसुलभ शिक्षा दिने भएता पनि शिक्षकहरु जिम्मेवार नबन्दा सामुदायिक बिद्यालय बिश्वाशनीय बन्न नसकेको मन मारेर भए पनि संस्थागत विद्यालयमा बच्चा पढाउन बाध्य बन्नू परेको जिकिर गरिन्


शिक्षामा राजनीति गर्न नहुने भन्दै बिकले राजनीतिले सामुदायिक बिद्यालयहरु बिनासतर्फ गएको आरोप लगाईंन् शिक्षकहरु राजनीतिक पार्टीका नेता कार्यकर्ता हुने नपढाएर नै तलब खाने गरेको भन्दै उनले यस्तो आरोप लगाएकी हुन्

''शिक्षक सुगम ठाउमा मात्र बस्ने दुर्गम जानै नमान्ने कारण दूरदराजका बिद्यालयहरुमा बिषय शिक्षक नभएको मात्र होइन , प्राबिका शिक्षकहरुले उमाविसम्म धानीरहेका छन् तर शहर सुगमका बिद्यालयहरुमा बिद्यार्थी भन्दा शिक्षक बढ़ी भएको अवस्था पनि '' उनले भनिन्

शिक्षक ब्यवस्थापन प्रमुख चुनौती बनेको भन्दै बिकले यो सबै शिक्षामा राजनीति हावी हुनुको परिणाम भएको दावी गरिन्

मन्तब्यको अधिकांस समय सामुदायिक बिद्यालयको अस्तब्यस्ततामा चिन्ता गरेकी बिकले संस्थागत बिद्यालयले सामुदायिक बिद्यालय बाट आहत बनेका अभिभवकलाई राहत दिएको भनेकी छिन् ''संस्थागत बिद्यालयले प्रतिस्पर्धा गर्न सिकाएको , यो राम्रो कुरा हो सामुदायिक बिद्यालयले पनि प्रतिस्पर्धा बाट स्तर उन्नति गर्नुपर्छ '' उनले भनिन्


संस्थागत बिद्यालय ब्यापारमुखी हुनु नहुने भन्दै बिकले नया शिक्षा एेनले संस्थागत बिद्यालयलाई अनिवार्य गुठीमा दर्ता हुनुपर्ने ब्यवस्था गरेर ब्यापारीलाई बिद्यालय खोल्न निरुत्साहित गरेको दावी गर्दै नया ब्यवस्थाबाट शिक्षामा स्वरोजगार बन्न चाहने शिक्षक शिक्षामार्फत सेवा गर्न चाहने समाजसेवीहरु भने उत्साहित भएको भनेकिछन्


निजी बिद्यालयहरुको सीमा भएको भन्दै बिकले एक अवस्था पछि निजी बिद्यालयको अन्त्य हुने दावी गरिन् ''अहिले शून्यतामा संस्थागत बिद्यालय बिकल्पको रुपमा रहेका छन् राज्य सक्षम हुनासाथ सामुदायिक बिद्यालयले प्रगति गर्छन अभिभावकहरु स्वतः सामुदायिकतर्फ आकर्षित हुने अवस्था आउछ शिक्षामा निजीकरणको अन्त्य हुन्छ '' उनले जिकिर गरिन


राज्यमन्त्री बिकले बिकाशको पहिलो शर्त नै शिक्षा भएको भन्दै आफू क्रान्तिको अगुवाई गरेर आएको पार्टीबाट शिक्षा राज्यमन्त्री भएपनि शिक्षामा अपेक्षित सुधार गर्न नसकेको दुखेसोसमेत पोखेकी छन्  


शैक्षिक प्रणालीमा केहि सुधार मात्र गर्न खोज्नेहरु परिवर्तन नै गरेर जानुपर्ने आफुहरुको अडान बिच रस्साकस्सी चलिरहेको बताउँदै बिकले शिक्षाको पुरानो नीति  संस्कार नभत्काउदासम्म अभिभावक विद्यार्थीको मात्र होइन देश कै भविष्य उज्यालो हुन नसक्ने भन्दै आफुहरु नया शिक्षा नीति शैक्षिक संस्कार बनाऊन लागिपरेको बताइन्

Post a Comment

أحدث أقدم