बाहुबली–२’को पहिलो शो बेलायती महारानीले हेर्ने!!
शुक्रवार - फाल्गुण २०,एजेन्सी । रिलिज मिति नजिकिँदै जाँदा फिल्म ‘बाहुबली–२’को लोकप्रियता बनाई राख्नका लागि फिल्मसँग जोडिएका नयाँ–नयाँ जानकारी आइरहेको छन् । यसैबीच, एक खबर आएको छ ।
फिल्म बाहुबलीको दास्रो भागको प्रिमियर बेलायतमा आयोजना हुने भएको खबर हो । २७ एप्रिलका दिन ‘बकिंघम प्यालेस’मा भारत स्वतन्त्रताको दिन ब्रिटिश सरकारद्धारा आयोजित संस्कृतिक कार्यक्रममा फिल्म देखाइने भएको खबर आएका हुन। फिल्म बेलायती महारानी एलिजाबेथ द्धितियले पनि हेर्ने बताइएको हो ।
‘बाहुबली : द कन्क्लुजन–२’ ‘बाहुबली : द बिगिनिङ’ को दोस्रो भाग हो। फिल्मको पहिलो भागमा कट्टप्पाले बाहुबली किन मारे भन्ने चर्चामा आएको विषय भएको थियो। दोस्रो कथामा यसको उत्तर भेटिने आशा फिल्म हेर्ने दर्शकले गरेका छन् ।

إرسال تعليق