श्री श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन गरियो

श्री श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन गरियो




मध्यपुर थिमि ।  नेपाल मन्दलका को मौलिक परम्परागत नाचहरु भैरब नाच, महाकाली नाच, अष्टमातृका नाच, भष्मासुर नाच, लाखे नाच, ज्यापु ज्यापुनी नाच लगायत दर्जन भन्दा बडी नाचहरु युवा पुस्तालाई निःस्वार्थ रुपमा प्रशिक्षण दिई नेपालको मौलिक कला, संस्कृतिको संरक्षण, संम्बद्र्धन र प्रबद्र्धनमा टेवा पु¥याउँदै आउनु भएका र नेपालको नेवारी संस्कृतिका क्षेत्रमा बिभिन्न समय र सन्दर्भमा नाचहरुमा बजाईने बाजाहरुको समेत युवा पुस्तालाई प्रशिक्षण दिएर नेवार समुदायको मौलिक परम्पराहरुको जगेर्नामा जीवन समर्पित गर्नु हुने श्री श्रगिोपाल प्रजापतिलाई गत शनीबार २१ गते मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा सम्माननीय उपराष्ट्रपति नन्द बहालुर पुनको प्रमुख आतिथ्यमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको रहेकोमा उहाँको अचानक स्वास्थ्य स्थिति प्रतिकुल देखिएकोले उहाँको अनुपस्थितीमा बिशेष अथिति नेपालको मौलिक सँस्कृति जगेर्ना गर्न खोज अभियानका अभियन्ता सँस्कृतबिद् सत्यमोहन जोशीले अभिनन्दन गर्ने भएको थियो
६ बर्षको कलिलो उमेर देखि बिभिन्न परम्परागत नाचहरुमामा आफू कलाकार भएर युवावस्था देखि हालसम्म पनि निरन्तर रुपमा बिभिन्न साँस्कृतिक नाचहरु र बाजाहरुको संरक्षण र सम्बद्र्धनमा क्रियाशिल रहँदै राष्ट्र र समाजको जनजीवनको साँस्कृतिक पक्षको जीवन्त धरोहरको निरन्तरता कायम गर्न बिशेष योगदान दिनु भएकोले कदर स्वरुप मध्यपुर थिमिमा कार्यरत १०१ सामाजिक संस्थाहरु सम्मिलित रहेको श्री श्री गोपाल प्रजापति नागरिक अभिनन्दन मुल समारोह समितिको आयोजनामा नागरिक अभिनन्दन गरिएको थियो ।
नागरिक अभिनन्दन समारोह बिहान ११ बजे बिभिन्न साँस्कृतिक संघ संस्थाहरुको सहभागितामा बाजागाजा सहित अभिनन्दित व्यक्तित्व स्वयमले सिकाउनु भएको साँस्कृतिक नाच सहितको झाँकी अभिनन्दित व्यक्ति श्री श्री गोपाल प्रजापतिको निवास स्थान बाहाखा बजार। प्ुगी बाजागाजा सहित जात्रा गरेर समारोह स्थल बालकुमारी मन्दिर परिसर सम्म ल्याएको थियो । उक्त ¥यालीमा मध्यपुर थिमिमा बिभिन्न साँस्कृतिक संघ संस्थाहरुको झाँकी लगायत जनसमुदायको उल्लेखिय उपस्थित रहेको थियो ।
त्यस्ते उक्त कार्यक्रममा मुल समारोह समितिको तर्फबाट नागरिक अभिनन्दन स्मारिका, श्री श्री गोपाल प्रपापतिको तस्बिर अंकित चाँदीको स्मारिका सिक्काको प्रकाशन र अभिन्दित व्यक्तित्वको बारेमा आत्मवृतान्त सम्बन्धि पुस्तकको समेत बिमोचन कार्यक्रममा गराएको थियो ।
कर्यक्रममा भक्तपुर जिल्ला क्षेत्र नं. २ का सांसद रामेश्वर ढुंगेलका साथै गन्यमान्य व्यक्तिहरुको उपस्थिती रहेको थिया । कार्यक्रमलाई रोचक बनाउनका लागि मञ्चसँगै रहेको अर्को मञ्चमा थिमिको मौलिक नाचहरु समेत प्रदर्शन गरि साँस्कृतिक महोत्सवको आयाृेजना गरिएको थियो ।
֪फोटो – रत्न श्रेष्ठ

Post a Comment

أحدث أقدم