अब खानेपानी संस्थानले पनि २० लिटरको जार बजारमा ल्याउने
काठमाडौं, फागुन
२६—खानेपानी संस्थानले २०
लिटरको खानेपानीको जार
दुई हप्ताभित्र बजारमा
ल्याउने भएको छ ।
काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी
प्रशोधन गरिएको पानीको जारको
मूल्य रु. ५२
कायम गरिएको संस्थानका कामु
प्रबन्धक भूपेन्द्र प्रसादले जानकारी दिए । संस्थानले पानी
उत्पादन गरी वितरण गर्न
सम्पूर्ण तयारी पूरा गरेको
छ ।
सबै सरकारी
कार्यालयमा पानी वितरण गर्न
मन्त्रालयले सहयोग गर्ने खानेपानी तथा
सरसफाइ मन्त्रालयका सचिव
भीमप्रसाद उपाध्यायले बताए । संस्थानले उत्पादन गरेको
पानी गुणस्तरीय रहेको
जनाइएको छ । सरकारी
संस्थानले पहिलो पटक मिनरल
वाटर बजारमा ल्याउन
लागेको हो ।
संस्थानले वि.सं. २०६४ सम्म
उपत्यकालगायत देशका प्रमुख सहरमा
खानेपानीको व्यवस्थापन गर्दै आएको थियो
।काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०६४ फागुन १
गतेदेखि उपत्यकाको खानेपानीको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (काउखाली) लाई
दिएको छ ।
संस्थानले भने हाल उपत्यका बाहिरका सहरमा
मात्र पानीको व्यवस्थापन गर्दै
आएको छ ।
रासस

إرسال تعليق