काठमाडौं । प्रमुख राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नसक्दा गाउँगाउँमा चुनावी गतिविधि ठप्पप्रायः छ। दलका नेता कार्यकर्ता गाउँमा मतदातालाई प्रशिक्षित गर्न, मत आफ्नो पक्षमा तान्न सक्रिय हुनुपर्ने बेलामा कसले टिकट पाउँछ भन्ने ध्याउन्नमा छन् । दुई साताअघिसम्म विभिन्न दलका भेला, बैठक र कार्यक्रमका समाचारले भरिने यहाँका सञ्चार माध्यममा अहिले चुनावी गतिविधिबारे सुन्न–पढ्न पाइएको छैन । दुई सातादेखि निरन्तर छलफल र बैठक चलिरहे पनि यहाँका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सबै स्थानीय तहका उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
उम्मेदवार छनोटमा
सबैभन्दा बढी झमेला कांग्रेसमा देखिएको छ
। कांग्रेसका तीन
क्षेत्रीय समितिले केही वडा अध्यक्ष, गाउँ
र नगरपालिका प्रमुख
तथा उपप्रमुखको उम्मेदवरा टुंगो
लगाएको दाबी गरे
पनि नाम सार्वजनिक गरेको
छैन । उम्मेदवार टुंगो
नलाग्दा गाउँमा निर्वाचन गतिविधि सञ्चालन गर्न
गाह्रो परेको कांग्रेस सिसाखानीका सचिव
प्रेम घर्तीले बताए।
‘पहिलाको गाविस अहिले एउटा
वडा भएको छ,
वडाध्यक्षका लागि पार्टीभित्रैबाट दुईजनाले दाबी
गरिरहेका छन्,’ उनले भने,
‘क्षेत्र र जिल्लाले वडाको
उम्मेदवार को हुने भन्ने
टुंग्याउन ढिला गर्दा प्रचारप्रसारमा समेत
समस्या भइरहेको छ
।समाचार आजको नागरिकमा छापिएको छ
।
यसले
कार्यकर्तामा समेत निराशा छाएको
छ ।’ उनले
थपे, ‘उम्मेदवार आकांक्षीलाई बसालेर
छलफल गरौं, पार्टीका लागि
मत माग्दै मतदातालाई सुसूचित गरौं
भन्दा टिकट फाइनल
भएपछि गरौंला भन्छन्
।’
उम्मेदवार छनोटमा
ढिलाइ हुँदा गाउँगाउँमा पार्टी
भित्रैका कार्यकर्ता दुई खेमामा विभाजित हुन
थालेको धौलागिरि बहुमुखी क्याम्पस बाग्लुङमा नेवि
संघका तर्फबाट विजयी
स्ववियु सभापति मनिष थापाले
बताए। ‘गाउँमा दुई
उम्मेदवार दाबेदार भएपछि कार्यकर्ता पनि
दुई खेमाजस्तै भएका
छन्, यो नभए
हुँदैन, त्यो नभई
हुँदैन जस्तो कुरा
हुन थालेको छ,’
उनले भने, ‘यसले
पार्टीलाई गम्भीर असर पार्न
सक्छ । एकढिक्का भएर
निर्वाचनमा प्रतिपक्षको प्रतिवाद गर्नुपर्नेमा पार्टीभित्रै कार्यकर्ता विभाजित हुने अवस्था आउनु
राम्रो कुरा होइन
।’



إرسال تعليق