भक्तपुर । भक्तपुर जिल्ला अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिग्रहण गरेको जग्गा किर्ते गरी ठगी गर्ने १२ जनालाई जरिवाना सहित कैद गर्नेे फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले १० जनालाई कैद तथा जरिवानाको फैसला सुनाएको हो, भने थप २ जनालाई जरिवाना गर्ने पैmसला गरेको छ ।
अदालतले ठगी गर्ने कार्यका मुख्य दोषीको रुपमा अरुणकुमार पराजुली र उनकी श्रीमती प्रतिभाञ्जली पोखरेललाई जनही दुई–दुई वर्ष कैद र रु ४८।४८ लाख जरिवानाको फैसला सुनाएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिनु भएको छ ।
त्यसैगरी तेजकृष्ण श्रेष्ठलाई ६ महिना कैद रु. १ लाख २५ हजार जरिवाना, रामचन्द्र श्रेष्ठलाई ६ महिना कैद र रु. र्२ लाख ५० हजार जरिवाना, श्यामसुन्दर श्रेष्ठलाई ३ महिना कैद र रु २ लाख ५० हजार जरिवानाको फैसला सुनाइएको छ ।
त्यसैगरी सुवर्ण विष्टलाई ६ महिना कैद र १५ हजार जरिवाना, भीमबहादुर खड्कालाई ६ महिना कैद र २ हजार जरिवाना, मध्यपुर थिमि नगरपालिकाका वडा सचिव विजय कायस्थलाई ६ महिना कैद र २ हजार जरिवाना, मालपोत कार्यालय भक्तपुरका कर्मचारी चन्द्रमणि पोखरेललाई ६ महिना कैद र २ हजार जरिवाना, मालपोतकै अर्का कर्मचारी दिलीप अधिकारीलाई ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको हो ।
त्यसैगरी वैजनाथ चौधरीलाई ६ महिना कैद र २ हजार जरिवाना तथा उमाकान्त यादवलाई छ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको छ ।
२०२९ सालमा तत्कालीन हवाई विभागले अन्तर्रा्ष्ट्रियस्तरको रिसिभिङ्ग स्टेशन निर्माण गर्न जग्गा अधिकरण गरेको जग्गामध्ये साविक दिव्यश्वरी गाउँ पञ्चायत वडा नं. ८ (क) कि.न. ४४२ र ४४४ को एक रोपनी १० आना जग्गा उनीहरुले किर्ते गरी ठगी गरेको अदालतले ठहर गरेको छ ।
ठगी गर्ने गिरोहले मालपोत कार्यालय र अधिग्रहण गर्नु अघिका जग्गा धनीको मिलेमतोमा २०६८ सालमा जग्गा नामसारी गरी बैंकमा लगेर धितो राख्ने तथा कारोबार गर्ने गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ साल फागुन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । (रासस)

إرسال تعليق