स्वागत र सम्मान कार्यक्रममा सहभागी नहुने पोखरा महानगरका मेयरको घोषणा


पोखराः पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले नवनिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन्।

निर्वाचित भएको झण्डै एकमहिना बित्नलाग्दासमेत स्वागत र सम्मान कार्यक्रममै जनप्रतिनिधिहरुको समय बर्वाद भएको जनगुनासो बढेपछि जिसीले अब सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन्।

एयरपोर्ट टोल विकास संस्थाले निर्माण गरेको चौतारीको उद्घाटन कार्यक्रममा मेयर जिसीले संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा जनताको काम  प्रभावित भएको भन्दै अव स्वागत सम्मान कार्यक्रममा सहभागी नहुने समेत बताए।

उनले नगरवासीले दिएको मत र जिम्मेवारी सबैभन्दा ठूलो सम्मान भएको बताउँदै समृद्ध महानगर बनाउने अठोटलाई साकार पार्न सबैसँग साथ र सहयोगका लागि आग्रह गरे ।

Post a Comment

أحدث أقدم