काठमाडौं । नेपाल र नेपालीको मुख्य पहिचान बोकेको अझ भनौ नेपालको राजधानी नेपाल मन्दल काठमाडौंको परिचय बोकेको सम्पदाको बारेमा लामो समयको विवादपछि सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रक्रियाबाट काष्ठमण्डपको पुनःनिर्माण सुरु भएको छ । भूकम्पका कारण पूर्ण रुपमा क्षति भएको काष्ठमण्डप स्थानीयवासीको सहभागितामा पुनःनिर्माण गरिनुपर्छ भन्दै स्थानीयवासीले माग गर्दै आएका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले केही साताअघि उक्त ऐतिहासिक मण्डप पीपीपी मोडलबाट बनाउन स्वीकृति दिएपछि काष्ठमण्डप पुनःनिर्माणका लागि अभियान नामक संस्थाले काम सुरु गरेको छ । पहिलो चरणमा वर्षातमा थप क्षति नहोस् भनेर जग जोगाउनका लागि ट्रस हाल्न थालिएको अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै पुराना काठ कतिसम्म प्रयोग गर्न सकिन्छ भनेर छनोटको काम पनि थालिएको उहाँले बताउनुभयो ।
काष्ठमण्डपको जगमा पहिले प्रयोग भएकै आकारका इँटा निर्माण गर्न लगाउने बारेमा पनि छलफल गरिएको छ । अभियानले पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, पुनःनिर्माण प्राधिकरणका विज्ञका साथै अन्य विज्ञलाई सहभागी गराएर काष्ठमण्डपको नक्सा पनि तयार गराइरहेको उहाँले जानकारी दिनुभयो ।
अभियानले स्वदेश र विदेशमा रहेका नेपालीहरूकै लगानीमा काष्ठमण्डप बनाउने योजना अगाडि सारेको छ । अभियानले गरेको प्रयासमा सहयोग गर्न स्थानीयवासी तयार भएको दाबी उहाँको छ । “काष्ठमण्डप पुनःनिर्माणका लागि एकैजनाले २५ लाख रुपियाँसम्म सहयोग गर्न सार्वजनिक वचन दिएकाले पनि हामी उत्साहित भएका छौँ”, श्रेष्ठले भन्नुभयो, “तर सहयोग सङ्कलनको कार्यविधि नबनिसकेकाले रकम सङ्कलन थालिएको छैन । ” केही व्यक्तिले भेटीका रूपमा चढाएको करिब सात लाख रुपियाँ बैङ्कमा जम्मा गरिएको छ ।
उहाँले रकम सङ्कलनसम्बन्धी कार्यविधि तयार भएपछि आफूहरूले सार्वजनिक आह्वान गरेर पारदर्शी ढङ्गले रकम सङ्कलन गर्न थालिने बताउनुभयो । मण्डप निर्माणका लागि आवश्यक काठ काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने बताइएको छ ।
यसैबीच ठेक्का प्रक्रियाबाट पुनःनिर्माण थालिएको दस अवतारको मन्दिरको अवरोध हटाउने प्रयास भइरहेको पुरातव विभागका इन्जिनियर गोपाल झाले बताउनुभयो ।
उक्त मन्दिर ठेक्काबाट नभई उपभोक्ता समितिबाट पुनःनिर्माण हुनुपर्छ भन्दै स्थानीयवासीले निर्माणस्थलमा तालबन्दी गरेको लामो समय भइसकेको छ । ताला खुलाउने विषयमा पटकपटक स्थानीयवासीसँग छलफल भइरहेको उहाँले बताउनुभयो । तालाबन्दीका कारण उक्त मन्दिर क्षेत्रमा घाँस उम्रिएको छ । मन्दिर छोपिएको त्रिपाल च्यातिएर निकै दुरवस्थामा पुगेको छ । ठेक्का लिएको कम्पनीले अपारदर्शी ढङ्गले काम गरेको, चारैतिरबाट बन्द गरेर जथाभावी जग उत्खनन गरेको भन्दै स्थानीयवासीले विरोध जनाउँदै आएका छन् ।

إرسال تعليق