मध्यपुर थिमि । जेठ २७ गते । मध्यपुर थिमि नगरपालिकाको वडा नं. ३ र सूर्यविनायक नगरपालिकाको वडा नं ३ तत्कालिन बालकोट को सिमानामा पर्ने हनुमन्ते खोला फर्काउन राती ११ बजे देखि बिहान ५ बजे सम्म भूमाफियाहरुबाट खोला फर्काउने प्रयासको बारेमा मध्यपु थिमि नगरकार्यपालिकाको आकस्मिक बैठक बसेर सोको बिरुद्धमा प्रस बिज्ञप्ती जारी गरेको छ । उक्त बिज्ञप्तीमा रातको ११ः३० बजेबाट ४ बजे सम्म भूमाफिया र स्थानीय प्रशासन र प्रहरीको मिलोमतोमा खोलाको प्राकृतिक वहाव परिवर्तन कार्यको निन्दा गरेको छ । साथै उक्तल कार्यमा संलग्न रहेकाहरुको छानबिन गरि कडा कारबाह िगर्न समेत माग गरेको छ । साथै उक्त कार्य रोक्न गरेको स्थानीयबासीको अनुरोधलाई समेत बेवास्ता गरि असहयोग गरेको प्रति समेत बेठकले निन्दा गरेको छ ।
बिज्ञप्तीमा अगाडि भनिएको छ । यस भन्दा पनि अगाडि पटक पटक खोला फर्काउने प्रयास भएको थियो । उक्त बिबादमा मध्यपुर थिमि नगरपालिका र तत्कालिन अन्तलिंगेश्वर न.पन. बिच उक्त बिबादित क्षेत्रमा कुनै प्रकारको निर्माण कार्य गर्न र कुनै पनि संरचना परिवर्तन गर्न बिना स्वीकृत गर्न नपाउने गरि मिति २०७३ जेठ ४ गते सावर्जजनिक सूचना नै प्रकाशित गरि रोक्का गरिएको क्षेत्रमा रातको समयमा अनाधिर्कत रुपमा खोला फर्काउने कार्य हुनुले रातको समयमा भएको कार्यले पनि यसमा भूमाफियाहरुको संलग्नता रहेको र स्थानीय प्रशासनको समेत मिलोमतो रहेको आरोप समेत बैडले लगाएको छ ।
बैठकले रातको समयमा ५ वटा डोजरबाट खोलाको प्राकृतिक वहाव फर्काउन बनाइएको संरचना जमिनलाई पुरानै अवस्थामा ल्याउने नगरपालिकाले तत्काल कार्य गर्ने र सोको लागि सहयोग गर्न सर्बसाधारणलाई समेत आह्वान गर्ने निर्णय गर्नुका साथै उक्त कार्य गर्दा स्थानीय प्रशासनलाई समेत सहयोगको लागि लेखि पठाउने र स्थानीय प्रशासनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असहयोग भएमा जनपरिचालन समेत गर्ने निर्णय बैठकले गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
सार्थै नगरपालिकाले प्राकृतिक रुपमा वगिरहेको खोलामा नगरपालिकाले आप्mनो क्षेत्राधिकारमा पर्ने क्षेत्रमा ढुंगाको मेहिनरी बाल लगाएर स्थायी रुपमा संरक्षण गर्ने निर्णय समेत गरेको छ । विज्ञप्तीमा मेयर मदनकृष्ण श्रेष्ठको हस्ताक्षर सहित बोधार्थमा रासस र आम संचारलाई सूचना प्रसारण गर्न आग्रह समेत गरेको छ ।
नगरपालिकाले सोही स्थानमा रहेको ब्लक कारखानाले समेत पर्ति जग्गा अनाधिकृत रुपमा ओगटेको सम्बन्धमा भने नगरपालिकाले कुनै निर्णय गरेको छैन । स्थानीय बासिन्दाका अनुसार ब्लक कारखानाले उपयोग गरेको सार्वजनिक जग्गा समेत छोड्न लगाउनु पर्ने धारणा रहेको छ ।

إرسال تعليق