मध्यपुर थिमि÷ नेपाल स्काउट, मध्यपुर स्थानीय परिषद्द्वारा जिल्ला स्काउट भक्तपुरका जिल्ला आयुक्त तथा पूर्वराष्ट्रियसचिव एवं वित्तआयुक्त रामगोपाल कर्माचार्यलाई साउन ५ गते मध्यपुर थिमिको जन आदर्श क्याम्पसमा आयोजित भव्य समारोहमा बधाई तथा सम्मान गरिएकोछ ।
नेपाल स्काउट, राष्ट्रिय प्रधान कार्यालयले हालै उहा“लाई नेपाल स्काउटको सर्वाेच्च पदक सुनौलो गैंडाले विभुषीत गरेको अवसरमा आयोजित सो बधाई तथा सम्मान कार्यक्रम मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मान कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुंदै प्रमुख अतिथि श्री मधिकर्मीले स्काउटहरु मनबचन र कर्ममा पवित्र भएर समाज सेवामा लाग्ने भएकाले उनिहरुले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । स्काउट स्थानीय परिषदले भवन निर्माण कार्य गरिरहकोमा खुसी व्यक्त गर्नुहुंदै सो कार्यका लागि नपाको तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नु भयो ।
नेपाल स्काउट, केन्द्रीय तदर्थ समितिका सदस्य पुण्यराम गोठेले यो वर्ष रोभर स्काउट स्थापना भएको सतवार्षिक वर्ष भएकाले रोभर स्काउटरुको लागि अत्यन्त उत्साहजन वर्ष भएको र रोभर स्काउटका लागि विभिन्न कार्यक्रमहरु आयोजना हुने कुरा बताउनुभयो ।
सम्मानीत व्यक्तित्व रामगोपाल कर्माचार्यले नेपाल स्काउटलाई पहिला राजावादीको आरोप लगाउने गरेको र अहिलेसम्म पनि सो आरोप पुर्णरुपमा हताउन नसकेको बताउनु हु“दै सबै स्काउटहरुको सहयोगले मात्रै उहा“ पाउनु भएको सुनौलो गैंडाको विभुषणको मान राख्न सक्ने बताउनु भयो । जन आदर्श क्याम्पसका क्याम्पस प्रमुख एवं वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठले फुटबलमा उत्कृष्ट खेलाडीहरुलाई सुनको पञ्जा र सुनको बुथ दिए जस्तै नेपाल स्काउटमा पनि स्काउट क्षेत्रमा उत्कृष्ट काम गर्नुभएका रामगोपाल कर्माचार्यको शिक्षा र स्काउट क्षेत्रमा अद्वीतीय योगदान रहेको बताउनु भयो ।
आदर्श माध्यमिक विद्यालय लाय्कूका प्रधानाध्यापक एवं इकाई अध्यक्ष बुद्धिकुमार घो तथा ग्लाडस्टोन एकेडेमीका प्रिन्सिपल एवं इकाई अध्यक्ष विनोद काईरालाले स्काउट शिक्षाको महत्वबारे बताउनु भयो । सहायक राष्ट्रिय प्रशिक्षक एवं स्थानीय परिषद भवन निर्माण समितिका सदस्य दिलकृष्ण प्रजापतिले स्काउटको विकासको लागि सबै एकजुत भएर लाग्नु पर्ने बताउनु भयो ।
सहायक राष्ट्रिय प्रशिक्षक एवं स्थानीय परिषद, भवन निर्माण समितिका संयोजक भुवनचरण श्रेष्ठले स्वागत मन्तव्य दिनु हु“दै भवन निर्माणको प्रगति विवरण तथा सम्मानीत व्यक्तित्व रामगोपाल कर्माचार्यबारे संक्षिप्त विवरण वताउनु भयो ।
स्थानीय परिषद मध्यपुर थिमिका स्थानीय आयुक्त हरिवहादुर श्रेष्ठले सम्मानीत व्यक्तित्व रामगोपाल कर्माचार्यको स्काउट क्षेत्रमा पु¥याउनु भएको योगदान अतुलनीय तथा अणुकरनीय रहेकाले सबै स्काउटले अविचलित भई स्काउटिङ्ग क्षेत्रमा लागी परी समाज तथा राष्ट्र विकासमा योगदान पु¥याउनु पर्ने बताउनु भयो । स्थानीय आयुक्त श्रीको समापतित्वमा सञ्चलन भएको सो कार्यक्रममा २०७२ साल बैशाख १२,१३ र २९ गतेको विनाशकारी भुकम्पमा उद्धार तथा राहत कार्यका सहयोग गरेका स्काउटर, रोभर÷रेञ्जर र स्काउटहरुलाई पदक तथा प्रशंसा पत्र पदान गरेका थिए भने मध्यपुर क्षेत्रमा स्काउट सञ्चालन गरिरहेका स्काउटहरुकलाई मध्यपुर स्कार्फ समेत वितरण गरेका थिए ।
from News from Nepal l Thimitimes.com https://ift.tt/2uP1qCW
إرسال تعليق