पहिचानको लागि आन्दोलन आज पाँचौँ दिन

पहिचानको लागि आन्दोलन आज पाँचौँ दिन

काठमाडौं । फाल्गुन १७ काठमाडौं जिल्लाको एतिहासिक नगर साँखुलाई शंखरापुर नगरपालिकाको रुपमा रहेकोमा हालको स्थानीय तह पुनसंरचनाले एतिहासिक नाम शंखरापुर नाम हटाएर मेपाल मन्दलबाट नेपाल भाषामा रहेको नामहरु क्तमिक रुपमा नेपाली करण गर्ने सरकारी अभियानको बिरुद्धमा नेपाल मन्दलका सबै नेवार समुदाय एकताबद्ध भई पहिचानको पक्षमा उभिनु पर्ने आप्हानका साथ शुरु भएको ्िरले अनशन आज पाँचौ दिन पुरा भएको छ ।
पहिलो दिन राजुभाई मानन्धर सहित नेपाली काँगे्रसका १५ जना नेता
कार्यकर्ताहरुले २४ घण्टे अनसन बसेका थिए । उनीहरु लाई प्रतिस्थापन गर्न हिजो
बिहान नेकपा एमालेका प्रदेश नं. ३ का सदस्य बुद्धभक्त चित्रकार सहित २३ जनाको
टोलीका साथ अनसनका लागि शान्ति बाटिका पुगेको थियो । तेस्रो दिन ९ बजे
शान्ति बाटिका पुग्न कृष्णराज सुवेदी सहित ३० जना माओवादी केन्द्रका
प्रतिनिधिहरु शान्ति बाटिका पुगेका थिए । चौँथो दिन ९ बजे राप्रपाका नेता
सुमनमेहेर श्रेष्ठ र नवराज सिम्खडाको नेतृत्वमा करिब ५० जना राप्रपाका नेता
कार्यकर्ताहरु शान्ति बाटिका पुगी माओवादीका प्रतिनिधिहरुलाई पालो दिएका
थिए ।

पहिलो दिन काठमाडौँ क्षेत्र नं. २ का सभासद दीपकप्रसाद कुइँकेलको उपस्थिती
रहेको थियो भने सांसद भीमसेन दास प्रधान, नेता लोकेश ढकाल, साँखुकापाका
नेता राजभाई श्रेष्ठ लगायत शान्तिवाटिकामा ऐक्यवद्धता प्रकट गर्न पुगेका थिए भने
दोस्रो दिन काठमाडौँ क्षेत्र नं. ३ का सांसद रामेश्वर फुयाल सहित नेता
कृष्णगोपाल श्रेष्ठ लगायत शान्तिवाटिकामा ऐक्यवद्धता प्रकट गर्न पुगेका थिए ।
तेस्रो दिन माओवादी केन्द्रका नेताहरु ऐक्यवद्धताका लागि शान्तिवाटिका पुगेका
थिए । चौथो दिन ९ बजे नै ऐक्यवद्धताका लागि पुगेका नेवार समुदायका
अगुवाहरु, नेवा जनअधिकार मञ्चका पदाधिकारीहरुको नेतृत्वमा माओवादी केन्द्रका
प्रतिनिधिहरुलाई जुस खुवाउँदै अनसन छुटाएका थिए भने पालो फेर्न आउनुभएका
राप्रपाका प्रतिनिधिहरुलाई टिका र माला लगाएर अनसन बस्न सघाएका थिए । आज
पाँचौँ दिन राप्रपाका प्रतिनिधिहरुलाई पालो फेर्न नागरिक समाज र प्रत्येक
दलहरुबाट दुई दुईजनाका दरले प्रतिनिधि बसेर अनसन सुरु गरेका छन् ।
आज अनसनमा नागरिक समाजका संयोजक रुपेश लाल श्रेष्ठ सँगै नवराज श्रेष्ठ,
हरिगोपाल श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ लगायत करिब २५ जना रिले अनसनमा बसेका
छन् । नागरिक समाजले अनसनको कार्यक्रम १३ गतेदेखि १६ गतेसम्म मात्रै घोषणा
गरेकोमा आज मात्रै मन्त्रिस्तरिय कार्यदलले रिपोर्ट बुझाउने भएको हुँदा आज
थप १ दिनको लागि रिले अनसन जारी नै राखेको हो । आज हितराज पाण्डेको
कार्यदलले बुझाउने रिपोर्टमा शंखरापुर र दक्षिणकाली नगरपालिका समावेश
हुने अपेक्षा आन्दोलनकारीहरुले राखेका छन् ।

Post a Comment

أحدث أقدم