नेपाल कम्युनिस्ट पार्टीले आफ्नै कार्यकर्तालाई कालोमोसो दल्यो

नेपाल कम्युनिस्ट पार्टीले आफ्नै कार्यकर्तालाई  कालोमोसो दल्यो


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आफ्नै कार्यकर्तालाई कालोमोसो दलेको छ ।

कैलालीको अत्तरियास्थित सुकुम्बासी शिविरका कार्यकर्ता कैलाश आउजीले भू(माफिया र दलालसँग मिलेर पैसा खाएको, शिविरमा आतंक मच्चाएको भन्दै कालोमोसो दलेको हो । उनले सुकुम्बासीलाई शिबिर खाले नगरे ज्यान लिने धम्की आउजीले दिँदै आएका थिए ।

उक्त कार्यमा संलग्न अत्तरियाका नगर सेक्रेटरी रुपलाल देउकर भने फरार छन् । देउकरको खोजी कार्य भइरहेको कम्युनिस्ट पार्टी कैलालीले बताएको छ ।

महासचिव विप्लवले थबाङ महाधिवेशनमा सुकुमबासीलाई उठिबास लगाउनेहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

Post a Comment

أحدث أقدم