फिटनेस कनेक्सन सेन्टरको उद्घाटन

फिटनेस कनेक्सन सेन्टरको उद्घाटन



मध्यपुर थिमि । मध्यपुर थिमिको बाहाखाबजारको हुलाकरोडमा ११बषे अगाडि स्थापना भएको अल्टिमेट फिजिकल फिटनेस १२ बर्षमा प्रबेश गरेको छ । संस्था १२ वर्षमा प्रबेश गरेको अवसर पारेर थप नयाँ सेवा र सुविधा सहित मध्यपुर थिमिको बोदे स्थित नर्थ प्वाइन्ट मलमा अल्टिमेट फिटनेस कनेक्सन एण्ड फ्रोलिक डान्स इन्ष्टिच्युट नामक नयाँ क्लबको शुरुआत गरेको संस्थाका प्राप्राइटर अशोक धजुले बताउनु भयो ।
नेपाल बडिबिल्डर्स तथा फिटनेस संघ, भक्तपुर जिल्लाका अध्यक्ष बाबुकाजी मानन्धरले रिबन काटेर उदेधाटन गनुभएको सो इन्ष्टिच्युटमा एरोबिक डान्स लगायत शारिरीक व्यायमको लागि आवश्यक सम्पूणृ सेवाहरु रहेको छ । संस्थाले आजको मानिसको व्यस्त समय र मौसमको प्रतिकुल असर लगायत बातवरणको प्रदुयणका कारणले स्वास्थ्यमा पर्ने प्रतिकुल असर र व्यस्त जीवनकै कारण शारिरीक अभ्यास गर्न नसकिने कारणबाट शरीरमा बिभिन्न समस्याहरु आउने र नसको कारण स्वास्थ्यममा पर्ने प्रतिकुल असरबाट शरीरलाई हरपल फिट राख्नको लागि यस प्रकारको फिटनेस संस्था आवश्यक रहेको बताउनु भयो ।
कार्याक्रममा प्रोेप्राइटर घजुले बाहाखाबजारको हुलाकरोडमा ११ बर्ष अगाडि स्थापित फिजिकल फिटनेसले शारिरीक सुंसगठनका साथै सोना तथा स्टिम बाथको शुरुआत गरेको र सो सोना बाथ भक्तपुर जिल्लामै पहिलो रहेको बताउनु भयो । उहाँका अनुसार सोना बाथ शारिरीक व्यायम गर्न नसक्ने र ६ं० बर्ष पार गरेकाहरुको स्वास्थ्यलाई तन्दुरुष्ट बनाइ राख्ने उपयुक्त माध्यम भएको र यसको प्रयोगबाट जटिल स्वास्य समस्या समेत समाधान भएको उदाहरण समेत कार्यक्रममा घजुले बताउनु भयो ।

Post a Comment

أحدث أقدم