मिस्टर एण्ड मिस मोडर्न

मिस्टर एण्ड मिस मोडर्नमा विशाल बस्नेत र पल्लवी थापा



मध्यपुर थिमि । भक्तपुरको दधिकोट स्थित मोडर्न हायर सेकेण्डरी स्कुलको आयोजनामा मिस्टर एण्ड मिस मोडर्न कन्टेस्ट सम्पन्न भएको छ ।
स्कुलका विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विशाल बस्नेत र पल्लवी थापा मिस्टर एण्ड मिस मोडर्न बन्न सफल भएका छन् ।
प्लस २ का ५६ जना विद्यार्थीहरुले भाग लिएको प्रतियोगितामा टप सेभेनमा परेका सातजना छात्र तथा सातजना छात्रा वीच फाइनल कम्पिटिसन भएको थियो ।
जसमा मोडर्न ट्यालेन्ट गर्ल समी बज्राचार्य र मोडर्न ट्यालेन्ट ब्वाई रोविन खत्री बन्न सफल भएका छन् ।
चर्चित अभिनेत्री शुभेच्छा थापाको प्रमुख आतिथ्यता तथा मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टकी म्यानेजिङ्ग डाइरेक्टर एवम् गायिका मोहना क्षेत्रीको आतिथ्यतामा भव्य तथा सभ्य रुपमा कार्यक्रम संपन्न भएको थियो ।
साथमा स्कुलका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । स्कुलका संस्थापक अध्यक्ष बाबुकाजी कसपाल तथा प्रिन्सिपल अनिल कसपालले यो कार्यक्रम स्कुलको गौरबमय कार्यक्रम भएको र यसले विद्यार्थीहरुलाई ऊर्जाशील बनाउन उत्प्रेरणा दिएको प्रतिक्रिया व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम शंखधरचोक स्थित यचु पार्टी भेन्यूमा सम्पन्न भएको थियो ।

Post a Comment

أحدث أقدم