चलचित्र ‘जोली एलएलबी टु’मा अदालतको छवी बिगारेको भन्दै अक्षय कुमारलाई अदालत बोलाइयो
काठमाडौं । भारतको जयपुर अदालतले अभिनेता अक्षय कुमारलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । उनले अभिनय गरेको चलचित्र जोली एलएलबी टुमा अदालतको छवि नकारात्मक रुपमा प्रस्तुत गरिएको आरोप लागेको छ ।
अदालतको छवि नकारात्मक रुपमा प्रस्तुत गरेको भन्दै दायर भएको रिट माथिको
सुनुवाई गर्ने क्रममा अक्षयलाई अदालतमा उपस्थित हुन आदेश दिइएको भारतीय
संचार माध्यमले जनाएका छन् । उनलाई मार्च १० तारिख अघि अदालतमा हाजिर हुन
आदेश दिइएको छ ।
चलचित्रमा अक्षयले वकिल जगदिश्वर मिश्र
अर्थात जोलीको भूमिका निर्वाह गरेका छन् । उनले निभाएको भूमिकाले वकिलको
छवि तथा चरित्र हत्या हुने भन्दै बम्बे उच्च अदालतमा पनि रिट दायर भएको छ
।
अदालतले यस विषयमा निर्णय लिन तीन सदस्यीय
कमिटि गठन गरेको छ भने कमिटिले चलचित्र हेरेपछि मात्र यसलाई प्रदर्शन गर्न
दिने या नदिनेबारे निर्णय गर्ने समाचारमा उल्लेख छ । फक्स स्टार
स्टुडियोले निर्माण गरेको चलचित्र फेब्रुअरी १० तारिखदेखि प्रदर्शनमा
ल्याउने तयारी गरिएको थियो ।

Post a Comment