काठमाडौं । स्थानीय निकायमा निर्वाचित भएका जनप्रतिनिधिहरुले नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिने शुरुआत गरेका छन् । काठमाडौं महानगरपालिकाका नवनिर्वाति नगर प्रमुख बिद्यासुन्दर शाक्यले अब देखि महानगरले नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिने घोषणा गरेसँगै महानगरको बिभिन्न वडा कार्यालयले नेपाल भाषाको प्रयाग गरि दैनिक कामकाज शुरु गरेको हो ।
यसै सिलसिलामा महानगरको १८ नं. वडा कार्यालयले सार्वजनिक रुपमा प्रयोग गर्नुपर्ने पत्र नेपाल भाषाको प्रयोग गरि प्रषित गरेको छ । उक्त पत्रमा नोपली खस भाषाको पनि अनुवाद समावेश गरेको छ, जुन नेपाल भाषा नबुझ्नेहरुको लागि भएको कार्यालयले बताएको छ ।
उक्त वडाका निर्वाचित अध्यक्ष न्हुछेकाजी महर्जनंका अनुसार अब वडाका हरेक कार्यहरु के कसरी संचालन गर्ने भन्ने सम्बन्धमा वडाका बासिन्दाहरुबाट आवश्यक सल्लाह सुझाबका साथै स्थानीय बुद्धिजीवी, खलः पुचः र सामाजिक संघ संस्थाहरुसँग आवश्यक सुझाब लिन बोलाएको बैठकमा उपस्थितिको लागिं निमन्त्रणा दिन उक्त व्यहोराको पत्र पठाउने कार्य भएको जनाएको छ । काठमाडौंँ महानगरपालिकाले नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा समान रुपमा प्रयोग गर्ने नीति लिएकोले अबदेखि नेपाल भाषालाई पनि समान रुपमा प्रयोग गर्न थालेको जानकारी दिनु भएको छे ।
वडाले बोलाइको उक्त पत्रका अनुसार अबदेखि महानगरका वडामा नेपाल भाषाबाट पनि निवेदन दिन सकिने जानकारी दिनुका साथै आगामी दिनमा यसको लागि महानगरको बडा कार्यालयले गर्ने काममा आबश्यक पहल गर्न र सल्लाह सुझाव दिन आह्वान गर्ने पनि अध्यक्षले बताउनु भयो ।
त्यस्तै वडा नम्बर २३ मा सर्वसाधारणबाटं नेपाल भाषाबाट निवेदन आउने क्रम शुरु भइसकेको बताउनु भयो । उक्त वडामा नेपाल भाषाको प्रयोग गरेर सबैभन्दा पहिले निवेदन केशरत्न शाक्यबाट दर्ता गराउनु भएको जनाएको छ ।
अब वडामा नेपाल भाषाबाट पनि निवेदन दर्ता गराउन सकिने सन्देश वडाबासीलाई गराउन र त्यसका लागि स्थानीय खलः पुचःहरुले जनचेतना जगाउन पहल गर्नु पर्ने नवनिर्वा्चित वडाध्यक्ष मचाराजा महर्जनंले बताउनु भयो । अब काठमाडौ लगायत नेपाल मन्दल भित्रका कीर्तिपुर र तोखा नगरपालिकामा समेत नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा मान्यता पाएको र अन्य नगरपालिकामा पनि यो अभियानकै रुपमा लान स्थानीय तहका बुद्धिजीवी लगायतले पहल गर्नु पर्नेमा जोड दिएको छ ।
अहिले पनि उपत्यकाको भक्तपुर, थिमि, ललितपुर लगायत नेवारहरुको बाहुल्यता रहेको नगरमा यस प्रकारको निर्णय हुन सकेको छंन ।

Post a Comment