भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा लिएको माध्यामिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिकको अन्तिम तयारी गगरिरहेको जनाएको छ । एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको कार्यालयले स्रोतले जनाएको छ । कार्यालयले हाल तथ्याङ्क प्रशोधन र रुजूको काम गरिरहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनु भएको छ ।
उनका अनुसार जतिसक्दो छिटो नतिजा सार्वजनिक गर्न काम भइरहेको छ, कुनै समस्या आएन भने असारको पहिलो हप्ताको शुरु मै नतिजा सार्वजनिक गरिने जानकारी दिनु भयो । नतिजा सार्वजनिक गर्दा कुनै त्रुटि नहोस भनेर काम भइरहेको जनाएको छ ।
संशोधित शिक्षा ऐन अनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को विगतमा प्रवेशिका एलएलसी भनिने परीक्षा माध्यमिक शिक्षा परीक्षामा रुनान्तरण भएको थियो । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी थिए ।

Post a Comment