सम्मान र बधाईले मात्र बिकास हुन्न

स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट देशको ३ वटा प्रदेशका स्थानीय तहमा जनप्रतिनिधिहरु चुनिसकेका छन् भने ती जनप्रतिनिधिहरुले कार्य समेत सम्हालि सकेको अवस्था छ । यस बिच निर्वाचित जनप्रतिनिधिहरुलाई बिभिन्न संघ संस्थाहरुबाट सम्मान र बधाईका कार्यक्रम गरेर बधाई दिने कार्यले पनि तिब्रता पाइरहेको छ । बधाई तथा सम्मान कार्यक्रम हुनु आफैमा नराम्रो कुरा होइन । यसले नयाँ आएका जनप्रतिनिधिका बारेमा आम जनसमुदाय परिचित हुने अबसर प्राप्त हुन्छ भने, जनप्रतिनिधिहरुले पनि आगामी दिनमा आफैले स्थानीय तहको जिम्मेवार पदमा रहेर स्थानीय तहको बिकास निर्माण लगायत स्थानीय तहमा रहेको समस्या निराकरण गर्न र स्थानीय तहमा रहेको स्थानीय स्रोत साधको प्रयोगबाट जनसमुदायको आर्थिक बिकासमा टेवा पु¥याउने रणनीतिक एजेण्डा प्रस्तुत गर्ने अवसर पाउनुका साथै स्थानीय तहमा रहेका समस्याका बारेमा समेत अवगत हुने अवसर प्राप्त हुन्छ । यसबाट आगामी दिनमा स्थानीय निकायले लिनु पर्ने योजनाका बारेमा समेत नीति निर्माण गर्न सहयोग पुग्ने देखिन्छ ।
विगतमा लामो समयदेखि रिक्त रहेको जनप्रतिनिधिको सिट अहिले बहाली भएको कारणले पनि स्थानीय तहका जनतामा अब त स्थानीय निकायको बिकासमा जनप्रतिनिधिहरुबाट केही उल्लेपखय कार्य हुने र आफ्नो क्षेत्र बिकास हुनेमा जनसाधारणहरु आशावादी रहेको अवस्था छ । यी आशाहरुलाई जगाइ राख्न पनि जनप्रतिनिधिहरुले स्थानीय तहको बिकासका लागि केहि नौला कार्यक्रम ल्याउन आवश्यक छ । जनताका स्वास्थ्य, शिक्षा लगायत आर्थिक उन्नतिका लागि स्थानीय तहमै रहेका स्रोत र साधनको अधिकतम प्रयोग गर्ने दिशा तर्फ स्थानीय निकायका प्रतिनिधिहरुले सोच्न आवश्यक छ ।
यही आशाका साथ आज जनप्रतिनिधिहरुलाई बिभिन्न संघ संस्थाबाट सम्मानका कार्यक्रमहरु आयोजना गरि सम्मान दिइरहेका छन् । संघ संस्थाका प्राय कार्यक्रमहरुमा जनप्रतिनिधिहरुले प्रतिबद्धता जाहेर गर्ने बिषय भनेको बृद्धाबृद्धाका लागि बृद्ध भत्तामा बृद्धि र घर घरमा पु¥याउने व्यवस्था गर्ने र भुकम्पबाट पिडितहरुको निर्माणमा नक्सा पासमा शतप्रतिशत छुटको व्यवस्था लगायत कार्य गर्ने छन् । यी कार्यहरु स्थानीय निकायका दायित्व भित्र पर्ने कार्य हुन् । किनकी स्थानीय निकायको कार्य भनेको नै स्थानीय जनताका दैनिक जनजीवनसँग सरोकार राख्ने सामाजिक कार्यलाई सुलभ बनाउने र स्थानीय निकायबाट सर्बसुलभ रुपमा जनताले सेवा प्राप्त गर्न पाउने जनसाधारणको मौलिक हकको प्रत्याभूति दिनु स्थानीय निकायको दायित्व हो न कि लोकप्रियताकै लागि मात्र यस प्रकारको घोषणा गर्दै हिड्नु आवश्यक छैन । र सम्मान र बधाई मात्र थापेर हिड्ने पनि जनप्रतिनिधिको कार्य होइन ।
आज देशमा बिभिन्न आर्थिक समस्याहरुको सामाना गर्नु परिरहेको अवस्था छ । देशमा रहेका स्रोत र साधनको समुचित रुपमा उपयोग हुन सकेको छैन । देशमा युवा बेराजगार कै कारण पनि युवाहरु रोजगारका लागि बिदेशीन बाध्य छन् । साथै बिदेशी भूमिमा पुगेर काम गर्ने युवाहरु समेत दक्ष बन्न सकेको अवस्था छैन । यसरी अदक्षताकै कारण पनि देशले ठूलो धनराशी रेमिटेन्सको रुपमा प्राप्त गर्ने स्रोतको कमि देशमा रहेको छ ।
यी यावत देशका आर्थिक स्रोत प्राप्त हुने कार्यमा स्थानीय निकायको ध्यान जान आवश्यक छ । आज देशमा दुई तहको शिक्ष नीतिले प्रशय पाएको छ । यो नीति स्वास्थ्य क्षेत्रमा समेत देखिएको छ । साथै आर्थिक क्षेत्र पनि दुई बर्गमा बिभाजित छ । यी बिभाजित खाडल मेटाउने कार्यमा कुनै पनि दलका जनप्रतिनिधिहरुको एजेण्डा हाल सम्म सार्वजनिक भएका छैनन् ।
अन्तत नवनिर्वाचित जनप्रतिनिधिहरु सम्मान र बधाइ थाप्ने कार्यमा मात्र नलागि स्थानीय तहको समग्र बिकासमा ध्यान पु¥याउनु पर्ने आवश्यकता छ । आगामी दिनमा जनप्रतिनिधिहरुको कार्यकाल सफल होस् भन्ने कामना ।

Post a Comment

Previous Post Next Post