स्ववियु चुनाव हारेपछि नेविसंघकी नेतृले गरिन् आत्महत्या
काठमाडाैं
। स्याङजास्थित सिदार्थ बहुमुखी क्याम्पसकी स्ववियु सभापति उम्मेदवार रिमा क्षेत्रीले आत्महत्या गरेकी छिन् ।
उनले फेदिखोला–९ डाँडागाउँको आफ्नै घरमा आफु सुत्ने कोठामा सलले झुन्डिएर आत्महत्या गरेकी हुन् ।
एसपि देबहादुर बोगटीका अनुसार विहान सवा १० बजेतिर सलले झुन्डिएको अवस्थामा रिमाका परिवारले शव भेटेका थिए ।
हिजो भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावमा सिद्धार्थ बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिको उम्मेदवार उनले हार व्यहोरेकी थिईन् ।
रिमाको २८ मत र उनकी प्रतिद्धन्दिको ९२ मत आएको थियो ।
रिमाले सुसाईड नोट पनि लेखेकी छिन् । उक्त सुसाईड नोटमा मर्न मन नभएको लेखिकि छिन् । तर उनले सुसाईड नोटको बिचतिर मर्न मन नभए पनि स्ववियु चुनावमा पराजित भएको कारण आत्महत्या गरेको उल्लेख छ ।

إرسال تعليق