मन्त्रीका प्रश्न कहाँ पर्छ साँखु ? नगरपालिका कायम गराउन आमरण अनसन
काठमाडौं –स्थानीय तह
पुर्नसंरचना आयोगले काठमाडौंको शंखरापुर नगरपालिकालाई कागेश्वरी मनहरा
नगरपालिकामा विलय गराएपछि स्थानीयले थालेको आन्दोलन नयाँ स्वरुपमा प्रवेश
गरेको छ ।
शंखरापुर नगरपालिका कायम गर्न माग गर्दै साँखुका स्थानीय राजदास श्रेष्ठले शनिबार दिँउसो १२ बजेदेखि आमरण अनसन शूरु गरेका छन् ।
सरकारले पुर्नसंरचना गर्दा विवाद आएको क्षेत्रको अध्ययन गरी स्थानीय तहको संख्या थप गरी पुनः प्रतिबेदन तयार पार्न स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।
सरकारले पुर्नसंरचना गर्दा विवाद आएको क्षेत्रको अध्ययन गरी स्थानीय तहको संख्या थप गरी पुनः प्रतिबेदन तयार पार्न स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।
शुक्रबार केही सञ्चारमाध्यमले मन्त्री
पाण्डे नेतृत्वको समितिले तराईमा १७ र पहाडमा २ वटा मात्र स्थानीय तह थप
गरेको समाचार आएपछि शंखरापुर नगरपालिकाका स्थानीयले थप आन्दोलनको तयारी
थालेको साँखुका स्थानीय पवनलाल श्रेष्ठले जानकारी दिए ।
“शनिबारदेखि जेष्ठ नागरिक इन्जिनियर
राजदास श्रेष्ठले आमरण अनसन थाल्नुभएको छ, थप आन्दोलनका कार्यक्रम ल्याउने
अहिले छलफल चलिरहेको छ,” उनले भने ।
आयोगले छिमेकी कागेश्वरी मनहरा
नगरपालिकामा शंखरापुरलाई विलय गराएपछि झन्डै डेढ महिनादेखि स्थानीहरुले सडक
आन्दोलन तथा धर्ना कार्यक्रम गर्दै आएका थिए ।
उनीहरुले झन्डै २ सातादेखि काठमाडौंको
शान्तिवाटिकामा २४ घण्टे रिले अनसन गर्दै आएका थिए । आफ्नो गुमेको पहिचान
कायम गरिदिन उक्त नगरपालिकाका राजनीतिक दलका कार्यकर्ता तथा स्थानीयले
मन्त्री पाण्डेलाई भेटी शंखरापुर नगरपालिका कायम गरिदन ज्ञापन पत्र समेत
बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री
पाण्डेले उक्त नगरपलिका कायम गर्ने आश्वास दिएपनि नगरपालिका कायम नभएको
भन्दै पुनः थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
मन्त्रीले सोधे–कहाँ पर्छ साँखु ?
सरकारले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हीतराज पाण्डेको संयोजकत्वमा उद्योग मन्त्री नविन्द्रराज जोशी र आपूर्ति मन्त्री दीपक बोहोरा सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
सरकारले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हीतराज पाण्डेको संयोजकत्वमा उद्योग मन्त्री नविन्द्रराज जोशी र आपूर्ति मन्त्री दीपक बोहोरा सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
कार्यदल गठन पछि पटक पटक गरेर झण्डै २
साताको समय दिएर विवाद आएको क्षेत्रमा थप स्थानीय तह सिफारिस गरेर सरकारलाई
प्रतिवेदन बुझाँउने जिम्मा दिइएको थियो ।
आयोगले प्रधानमन्त्रीलाई प्रतिबेदन
बुझाँउने म्याद शुक्रबारसम्म भएपनि प्रतिबेदन बुझाँउने तयारी भइरहेको
कार्यदलका सदस्य समेत रहेका उद्योगमन्त्री नविन्द्रराज जोशीले
जानकारी दिए ।
उनले केही सञ्चारमाध्यम आएको समारचारबारे
आफूलाई जानकारी नभएको र कार्यदलले बनाएको प्रतिबेदन अहिलेसम्म सार्वजनिक
नभएको बताए । काठमाडौंको साँखुमा शंखरापुर नगरपालिकाको माग गर्दै
स्थानीहरुले १ महिनाभन्दा बढी आन्दोलन गरिसके, अहिले आमरण अनसन समेत शूरु
भएको छ भन्ने रश्नमा मन्त्री जोशीले उल्टै प्रश्न
गरे–“यो साँखु भनेको कहाँ पर्छ ? शंखरापुर नगरपालिका माग्दै आन्दोलन
भएकोबारे हामीले जानकारी पाएका छैनौँ ।”
मन्त्री जोशीले प्रधानमन्त्रीलाई कार्यदलले प्रतिवेदन बुझाएपछि सबै सार्वजनिक हुने जानकारी दिए । - रातोपाटी डटकम

Post a Comment