विश्वकै सुन्दर मुद्राहरुको सूचीमा नेपाली नोट
काठमाडौं—तपाईंहरुलाई लाग्दो
हो विश्वका सबैभन्दा सुन्दर
(ब्यूटीफुल) मुद्रा कुन देशको
होला ? अनि नेपालको मुद्रा
चाहीँ विश्वका सुन्दर
मुद्राहरुको सूचीमा पर्ला कि
नपर्ला ? बेलायतको चर्चित
दैनिक दी टेलिग्राफले हालैमात्र विश्वका नोटहरुलाई समेटेर
तयार पारेको ‘ वल्र्ड
मस्ट ब्यूटिफुल करेन्सीज’ अर्थात
विश्वकै सुन्दर मुद्राहरुको सूचीमा
नेपाली मुद्रा पनि
पर्न सफल भएको
छ । ।
टेलिग्राफले विश्वका विभिन्न देशमा
घुमफिरको क्रममा सङ्कलन गरिएका
नोटका आधारमा ट्राभल
ब्लगमा उत्कृष्ट बीस
ओटा मुद्राको सूची
तयार पारेको हो
। टेलिग्राफको सूची
अनुसार विश्वका उत्कृष्टको बीस
मुद्राहरुको सूचीमा नेपालका चारओटा
मुद्राले स्थान पाएका छन्
। जसमध्य पाँच
सय, पाँच रुपैयाँ, एक
रुपैयाको नोट र दुई
रुपैयाँको सिक्का परेको छ
।
यी तीन
ओटै नोटमा प्रयोग
गरिएको बाघ, याक
र जरायोको तस्वीरलाई प्रशंसा गरिएको
छ । त्यस्तै दुईको
सिक्कामा रहेको सगरमाथा र
जोत्दै गरेको आकृतिको पनि
प्रशंसा गरिएको छ ।
एक रुपैयाँको नोटमा
गरिएको खुला डिजाइनलाई टेलिग्राफले थप
प्रशंसा गरेको छ । त्यस्तै, नेपाली सस्कृतीमा याकको
महत्वपूर्ण स्थान रहेको र
रु पाँचको नोटमा
दुई वटा याकलाई
महत्वका साथ प्रस्तुत गरिएको
भन्दै यो नोटलाई
१२ औं सुचीमा
राखिएको छ ।
न्युजिल्याण्डको पाँच
डलर जसले सन्
२०१५ मा उत्कृष्ट नोटको
अवार्ड पनि प्राप्त गरेको
थियो त्यसलाई पनि
समेटिएको छ ।त्यस्तै सन्
२०१४ को उत्कृष्ट नोटको
अवार्ड प्राप्त गरेको
ट्रिनिडाड एण्ड टोबागोको पचास
डलर पनि परेको
छ ।
यसबाहेक कजाखस्तानको एक
हजार टेङ्गे, स्विट्जरल्याण्डको ५०
फ्रयाङ्क, अष्टेलियाको पाँच डलर, माल्दिभ्सको एक
हजार रुफियाँ, बर्माको एक
क्याट, बर्मुडाको दुई
डलर, युगाण्डाको पचास
हजार सिलिङ लगायत
मुद्रा सुन्दर मुद्राको सूचीमा
छन् ।
त्यस्तै, २
रुपैयाँको सिक्कामा खेत जोतिरहेको तस्विर
निकै रोचक रुपमा
प्रस्तुत गरिएको भन्दै २१
सुन्दर सिक्कामा नेपाली
यो सिक्का पनि
परेको हो ।
तर २ रुपैयाँको सिक्काको ब्याख्यामा गोरु
भन्नु पर्नेमा ‘भैसी
वा राँगो’ भन्ने
बुझाई राखिएको छ
।
विश्वकै सुन्दर
सिककाको सूचीमा रहेको नेपालको सिक्का






Post a Comment