बाघभैरव मन्दिरको महिमा




बाघभैरव मन्दिरको महिमा, ऐतिहासिक तथ्य किम्बदन्ती

काठमाडौं उपत्यकाबाट सात किलो मिटर दक्षिण पश्चिममा रहेको बाघभैरवको मन्दिर समुद्री सतहबाट एक हजार सय मिटर उचाइमा लम्बाइ ५० मिटर चौडाइ ३० मिटर क्षेत्रफलमा रहेको चोकभित्र पूर्व-पश्चिम भागमा लाम्चो आकारमा फैलिएको कीर्तिपुर डाँडाको बीच भागमा फैलिएको बाघभैरव मन्दिर यस क्षेत्रमै सर्वाधिक ठूलो महत्वपूर्ण मन्दिर हो प्यागोडा शैलीको तीन तले मन्दिर जसको माथिल्लो छानो पित्तल, त्यसभन्दा तलको दुई छाना झिँगटीले छाएको मन्दिरको सबैभन्दा माथि ११, बीचमा सबैभन्दा तल एक गरी १८ वटा गजुर छन् मन्दिरको भुँइतलामा प्राचीन महाभारत रामायणका दृश्यहरू देख्न सकिन्छ
ऐतिहासिक तथ्य:
कीर्तिपुरको स्थापना राजा शिवदेव तृतीयले नेपाल संवत् २१९२४६ ( सं १०९९११२६)को बीचमा गरेको गोपाल राज वंशावलीमा उल्लेख कीर्तिपुर नगरको स्थापनासँगै निर्माण भएको मानिने बाघभैरवको मन्दिरको करिब ९०० वर्षको इतिहास रहेको मानिन्छ बाघभैरव मन्दिरका सम्बन्धमा नेपाल संवत् ६२३ सम्म कुनै अभिलेख पाइँदैन नेपाल संवत् ६३५ कात्तिक महिनामा पाटनका महापात्र जगतपाल वर्माले उक्त मन्दिरको भव्य जीर्णोद्धार गरिएको पाइन्छ तत्पश्चात पृथ्वीनारायण शाहले नेपाल उपत्यका जितेको ४३ वर्षपछि नेपाल संवत् ९२३मा रणबहादुर शाहकी धाइआमा हस्तीकलाले बाघभैरवको जीर्णोद्धार गरेको उल्लेख पाइन्छ
किंवदन्ती:
बाघभैरवको उत्पत्ति सम्बन्धमा कुनै खास प्रमाण फेला नपरे पनि पौराणिक लोककथा एवम् जनश्रुतीअनुसार परापूर्वकालमा हाल मन्दिर भएको ठाउँमा जङ्गल थियो उत्तरको भिरालो जङ्गलमा भेडाबाख्रा चराउन गएका गोठाला केटाकेटी माटाका विभिन्न मूर्ति बनाउने क्रममा बाघको मूर्ति निर्माण गरे बाघको मूर्ति बनेपछि त्यलाई सुहाउने जिब्रो बनाउनका लागि पात खोज्न गए त्यस क्रममा बाघको मूर्तिमा भैरव उत्पन्न भई त्यहाँ भएका भेडाबाख्रा खाइदिएको पात लिएर फर्कदा आफ्ना भेडाबाख्रा नदेखेपछि उनीहरू रुन कराउन थाले पछि आफूहरूले बनाएको बाघको मूर्तिको मुखमा रगत लतपतिएको देखेपछि त्यही बाघले नै आफ्ना भेडाबाख्रा खाएको भन्दै रिसले मूर्तिमा जिब्रो राखेनन् पछि मूर्तिमा भगवानको उत्पत्ति भएको भन्दै मन्दिर बनाएर मूर्ति राखे भन्ने किंवदन्ती त्यही किंवदन्तीका आधारमा आजसम्म पनि बाघभैरवको मूर्तिमा जीब्रो नरहेको मानिदै आएको
जात्रा:
यस मन्दिरमा प्रत्येक वर्षको सिंह सङ्क्रान्ति (भदौ गते) बाघभैरव जात्रा लाग्छ जात्राका अवसरमा खटजात्रा गर्ने प्रचलन खटजात्रा चलाउने परम्परा वि.सं. २०१४ भदौ गतेदेखि सुरु गरिएकोमा खटजात्रा सुरु गरिएको ५० वर्षका अवसरमा वि.सं. २०६४ सालमा स्वर्ण महोत्सव भएको थियो
पर्यटकीय महत्त्व:
कीर्तिपुर क्षेत्रको ऐतिहासिकता एवम् सांस्कृतिक महत्त्वसँग बाघभैरव मन्दिर प्रत्यक्ष सम्बन्धित देखिन्छ धार्मिक, सांस्कृतिक महत्त्वका साथै प्राचीन प्रस्तरकला काष्ठकलाको अनुपम सङ्गम बाघभैरव मन्दिर नेपालको ऐतिहासिकताको अध्ययन पर्यटकीयका लागि पनि महत्वपूर्ण स्थल हो काठमाडौं उपत्यकाको दृश्यावलोकनका लागि पनि बाघभैरवको मन्दिर परिशर उपयुक्त स्थल मानिन्छ

Post a Comment

Previous Post Next Post