उपत्यकाबाट अब नेवारहरू लखेट्ने जालझेल: के रहेछ त कुरा ?

वर्षेनी लाखौँको हाराहारीमा अवसरको खोजीमा मानिसहरू काठमाडौँ उपत्यका बसाइँ सर्न थाले पछि यँहीका स्थानीय वासिन्दा लखेटिने अवस्थामा रहेको छ। ४० वर्ष अगाडी उपत्यकामा लाखौँ जन्ता बसाइँ सरे पछि आज नेवारहरू मर्कामा परेको छ। आफ्नो भाषा, संस्कृति माथी राज्यको थिचोमिचो त छँदै छ तर अब आएर आफ्नो वास नै सुरक्षित गर्न नेवारहरूलाई धौधौ परेको छ।

Mas migration अगाडी

Mass migration पछाडी
बाबुरामको पालो देखि चक्रपथ निर्माण गर्ने बहानामा करोडौँ रोपनीको जग्गा नेवारहरू बात खोसियो। तसर्थ ४० वर्ष अगाडी उपत्यकाको उर्वरा भूमी नेवारको सुरक्षा र स्वामित्वमा जग्गा प्लटिङमा परिणत हुँदा नयाँ बस्तीहरू बढ्ना साथ पुरानो बस्तीमा बसेका नेवारहरू मर्कामा पर्न थालेका छन।

एउटा सुसम्पन्नता भरीपूर्ण यस उपत्यकामा आज उपत्यका वासी नेवारहरू आफूलाई कसरी बचाउँ भन्दै गुहारिरहेका छन।

यसै गरी बहिरी जिल्लाका मानिसहरूको चाप र तीव्र गतिमा नयाँ बस्तीहरू बढ्नुका कारण बाटो फराकिलो पार्ने भन्दै नेवारहरूलाई काठमाडौँ उपत्यकाबाट लखेट्दै छन।

सडक विस्तारका नाउँ मा पनि उपत्यका मा रहेका सबै नेवार बस्तीहरू मात्र छानी छानी ताकी ताकी डोजर चल्दै आएको छ। सम्पदा, कला र पहिचानले युक्त काठमाडौँ उपत्यकाका नेवार बस्ती आज जोखिममा छन। विकासका नाउँमा विनाशको खेती गर्दै, राज्य विकेन्द्रिकरण गर्नु छोडेर उपत्यकाबाट नेवारहरू सबै धमाधम लखेटिने प्रपन्च चल्दै आएको छ। जात्रा गर्ने पोखीरी, रथ तान्ने बाटो, गरी मन्दिर, स्तुपा, चीबहाः, सब थोक भत्काउनाले बस्ती बस्तीका नेवार संस्कृति अझै कुल्चिने छन।
घर भत्काए पनि आवश्यक क्षतिपूर्ती नदिने, कसैलाई त दिँदै नदिने समाचार खुलासा भएको छ। यस अघि सामाजिक संजाल फेसबुकमा रुबिवादी पार्टीकी नायिका रातो रेणु आर्य द्वारा "नेवार सिध्याउने मास्टर प्लान" भन्दै गरेको पोष्ट पश्चात यो सडक विस्तार यस्तै ढङ्गले बढाउनमा रुबिवादी पार्टीको हात रहेको आशङ्का गरिएको छ। विगत लामो समय देखि सामाजिक संजालमा जातीवादी टिप्पणी दिने, विशेष गरी नेवार समुदायलाई गालिगलौज गर्ने ह्वीम चलेको कुनै संयोग मत्र नभएर एउटा ठूलो समुहको हात रहेको आशङ्का गरिएको छ। सामाजिक संजालमा नेवारहरूलाई यस्तो गर्नु पर्छ उस्तो गर्नु पर्छ भन्दै जातीवादी टिप्पणी दिँदै गरेको खण्डमा यी सबै टिप्पणीहरू सत्यमा परिणत हुँदै आएकोले गर्दा यस पछाडी अज्ञात समुह छन कि? सामाजिक संजालमा दिएका जातीवादी टिप्पणी अधिकांशा रूपमा कटु सत्य बन्न पुगेको बिझाइ नेवारहरूले भोगेका छन।

रातो रेणु आर्यको पोष्ट पढ्दा ती सबै कुरा सत्य हुँदै आएको भान हुन्छ। विगतमा सुजन खतिवडाको पोष्त अनुसार नेवार भाषा उन्मुलन हुनु पर्छ भन्ने क्रममा विभिन्न स्थानका नामहरू नेवार भाषाबाट हटाइँदै आएको छ।

आज यहाँ भोली त्यहाँ गर्दै हरेक नेवार बस्ती चिर्ने यो जातीय संहारको प्रायासलाई सबैले मिलेर विरोध गरौँ।

उपत्यकाको कुनै नयाँ बस्ती राम्रो छैन, न त्यहाँ हेर्न लायक केही नै छ। अब नेवार बस्ती भत्कायो भने यस उपत्यकाको सौन्दर्य सबै नष्ट हुनेछ।

Post a Comment

Previous Post Next Post