इतिहासमै पहिलोपटक प्रधानन्यायाधिशमाथि महाभियोग

काठमाडौं, १७ बैशाख । प्रधानन्यायाधिश सुशिला कार्की आइतवार सर्वोच्च छोड्दा पदबिहिन हुन पुगिन् । आइतबार एकाएक संसदमा उनी  विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि स्वत उनी  निलम्बित भएकी हुन् ।  नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलोपटक प्रधानन्यायाधिशमाथि महाभियोग लाग्यो र कार्कीले यो कलंकको टीका लगाईन् ।

कांग्रेस सांसद मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतलगायतका सांसद संसद सचिवालय पुगेर २ सय ५९ सांसदको हस्ताक्षरसहितको महाअभियोग प्रस्ताव दर्ता गरिएपछि गोपाल पराजुली निमित्त प्रधान न्यायाधिस भएका छन् । सरकारी गठबन्धन कार्की बिरुद्द खनिएपछि महाअभियोग पारीत नभएपनि कार्की नेपालको न्यायिक तथा संसदीय इतिहासमा महाभियोग लाग्ने  प्रधानन्यायाधिश बन्न बाध्य भईन् ।

सरकारले छापामार शैलीमा महाअभियोग दर्ता गराएपछि सरकारकै गृहमन्त्री भने असन्तुष्ट देखिएका छन् । आफुलाई उक्त कुरा पत्तै नदिएको भन्दै उनले पदबाट राजीनामा नै दिएका छन् । प्रचण्ड( देउवाले आफ्ना बिश्वाशिला सांसद मार्फत गोप्य रुपमा महाअभियोग लगाएपछि र लगत्तै गृह मन्त्रीको राजिनामा  आएपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ ।


 यस्ता छन सरकारद्वारा सुशीला कार्कीमाथि लगाइएका ९ आरोप स्

१। प्रधानन्यायाधीश कार्कीले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको ।
२। आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको ।
३। न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको ।
४। कार्यविधि र कानुनको पालना नगरेको ।
५। न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको ।
६। शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको ।
७। सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको ।
८। न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको ।
९। खराब आचरण गरेको ।

Post a Comment

أحدث أقدم