रातो मच्छिन्द्रनाथ स् सबैभन्दा लामो रथजात्रा सुरु


वर्षा र सहकालको देवताका रुपमा चिनिने ललितपुर पाटनमा मनाइने रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकवाट तानेर पाटनको गाःवहाल पुर्याइने गरिन्छ । नेपालको सबैभन्दा लामो अवधिसम्म चल जात्रा मध्ये रातो मच्छिन्द्रनाथको रथजात्रा हो ।
रातो मच्छिन्द्रनाथको रथजात्रालाई व्यवस्थित वनाउनका लागि मच्छिन्द्रनाथ रथ जात्रा व्यवस्थापन समितिले दिएको जानकारी अनुसार पहिला दिन रथ पुल्चोकबाट बाजागाजा सहित तानेर गाःवहाल पुर्याइनेछ । त्यसपछि त्यस वरिपरिका क्षेत्रमा जात्रा मनाइने गरिँन्छ ।
गाःवहलबाट मच्छिन्द्रनाथको रथलार्इ अर्को दिन मंगलबजारमा पुर्याइनेछ । मंगलबजारबाट पाटनको सुन्धारा पुर्याइने कार्यक्रम छ। पाटनको सुन्धारा पुर्याएको दिन त्यस क्षेत्रका वरिपरिका जनताले जात्रा मनाउने गर्दछन । सुन्धाराबाट ललितपुरको लगनखेल पुर्याएको चार दिनपछि नरिवल खसाल्ने परम्परा रहँदै आएको छ।
नरिवल खसाल्ने जात्रामा नरिवल जसले टिप्न सक्छन् त्यसले छोरो प्राप्त हुन्छन भन्ने जनविश्वास रहेको छ।
रातो मच्छिन्द्रनाथको शुद्ध रुप मत्स्येन्द्रनाथ हो । अर्थात मत्स्येन्द्रनाथ भनेको माछाबाट उत्पति भएको देवता हो । तर मत्स्यन्द्रनाथ अपभ्रंम्स हुँदै जनजिब्रोमा मच्छिन्द्रनाथ नै अधिक उच्चारण हुन्छ । मच्छिन्द्रनाथलाई शैवहरु शिवको रुपमा, वैष्णवहरु विष्णुको रुपमा, सौर्यहरु सुर्यको दृष्टिले र नाथहरु मत्स्येन्द्रनाथकै दृष्टिले हेर्ने गर्दछ्न। वौद्धहरु यसलार्इ आर्यावलोकितेश्वरको दृष्टिले हेर्ने गर्दछन् । तर अधिकांश मानिसहरु भने मच्छिन्द्रनाथलाई करुणामयको रुपमा पुर्काने गर्दछन् ।
रातो मच्छिन्द्रनाथको रथजात्राका वारेमा अनेक लोककथनहरु पाइन्छन् । एक कथन छ कि उहिले राजा नरेन्द्रदेवका पालामा एकचोटी अनावृष्टि हुँदा देशमा हाहाकार मच्चियो रे । अनि गोरखनाथले नौ नागको साधना गरी तपस्या गरिदिएपछि यस्तो भएको भन्ने कुरा पत्ता लागेपछि राजा नरेन्द्रदेवले त्यो वेलाका तन्त्रविद् बन्धुदत्त आचार्य र भरिया रथचक्रलाई साथमा लिई कामाक्षा पीठबाट मच्छिन्द्रनाथलाई ल्याइपुर्याए । अनि आफ्नो गुरु मच्छिन्द्रनाथ आए । यो कुरा थाहा पाएपछि गोरखनाथजी उठे । त्यसपछि सबै नागहरु आ(आफ्नो स्थानमा गए । नागहरु आआफ्नो ठाउँमा गएपछि वृष्टि हुने थाल्यो र देशमा फेरि सहकाल भयो । यसैले मच्छिन्द्रनाथलाई  वृष्टिको देवता भन्ने गरिएको पौराणिक कथन छ

Post a Comment

أحدث أقدم