भक्तपुर नपामा नेमकिपाको जीतको नजिक, अन्यमा कडा प्रतिस्पर्धा


भक्तपुर । गत बैशााख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । मत गणना कार्य सुस्त हुँदा परिणाम थाहा पाउन नसकेका सर्बसाधारणहरु अव कसले बाजी मार्ला भनेर व्यग्र प्रतिक्षामा रहृकाृ छ । अहिले भक्तपुर नगरपालिकामा मत गणना अन्तिम चरणमा पुगेको छ ।  यहाँ नेमकिपाको जीत सुनिश्चित रहेको देखिएको छ ।
हालसम्म नेमकिपाले भक्तपुर नगरपालिकामा ८ वटा वडा, नेपाली काँग्रेसले ८ र एमालेले २ वडा जितेका छन् । अहिलेसम्मको मतगणना अनुसार भक्तपुर नगरपालिकाको वडा नं १,२,३,४,५,६,७ र ८ मा नेपाल मजदुर किसान पार्टीले विजय हासिल गरेको छ ।

वडा नं। १ मा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा र ४ मा कुमार चवाल, , ५ मा प्रेमगोपाल कर्माचार्य ६ मा हरिराम सुवाल, ७ मा उकेश कवां र ८ महेन्दै खयमलिको टिम विजयी भएका छन् । यसैगरी मध्यपुरथिमिको वडा नं १ मा नेपाली काँग्रेसका सुरज खड्काको प्यानल, २ मा राम थापा मगर र ३ मा प्रेमबहादुर कुटु विजयी भएका छन । वडा नं.२ मा एक महिला सदस्यमा एमालेले जित हासिल गरेको छ । वडा नं। ३ मा प्रेम बहादुर कुटुको प्यानल विजयी भएका छन् । त्यस्तै बडा नं. ४ मा वडा अध्यक्षमा नेपाली कांगै्रसबाट कुमार श्रेष्ठ र सदस्यहरुमा नेकपा एमाले बिजयी भएको छ।

यसैगरी, सूर्यविनायक नगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा एमालेका सानुकाजी कायस्थको प्यानलले जितेको छ । वडा नं २ मा नेपाली काँग्रेसका तर्फका उम्मेद्वार कमलनाथ आचार्य बिजयी भएका छन् । उक्त वडामा खुल्ला एक वडा सदस्यमा एमालेले जितेको छ । वडा नं। ३ मा नेपाली काँग्रेसकै शिवशरण खत्रीको पूरै टिम विजयी भएको छ ।

भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले २० हजार १ सय ९४ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ५ हजार ६ सय १७ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले ३ हजार २ सय २६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले २० हजार ३ सय ३३, काँग्रेसकी गंगालक्ष्मी अवालले ५ हजार ५ सय ३६ र एमालेकी कृष्णमाया त्वानाबासुले ३ हजार ५ सय ७६ मत प्राप्त गरेका छन् । कांग्रेसकी गंगालक्ष्मी अवालले ५ हजार २९५ र एमालेकी कृष्णमाया बोयजुले ३ हजार ३०५ मत पाएकी छन् ।

भक्तपुरका कुल १० वडामध्ये ८ वटा वडाको मत गणना भइसकेको छ । भक्तपुरका कुल १० वडामध्ये ८ वटा वडाको मत गणना भइसकेको छ । अब ९ र १० वडाको मत गणना गर्न बाँकी छ । त्यस्तै नेपाली काँग्रेसका मेयर राम प्रसाद कासुलाले ४ हजार ६ सय १३ र उपमेयरमा गंगालक्ष्मी अवालले ४ हजार ५ सय ६० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै एमालेका मेयर मदनसुन्दर श्रेष्ठले ६ हजार ८ सय ८६ र उपमेयरमा नेमकिपाका केदार खड्काले ३७९३ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।नेपाली काग्रेसले भने मेयरमा ५०१९ र उपमेयरमा ५३०४ मत ल्याएका छन् ।  सूर्यबिनायक नगरपालिकामा नेपाली काँग्रेसका मेयर बिष्णुराज कार्कीले ४ हजार ८ सय ३२ र उपमेयरमा एमालेकी जुना बस्नेतले ४ हजार ७ मत ११ पाई अग्र स्थानमा रहेका छन् । त्यस्तै एमालेका मेयर बासुदेव थापाले ४७६५ र उपमेयरमा काँग्रेसकी कल्पना राजथलाले ५६२९ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।

हालसम्म चाँगुनारायण नपामा काँग्रेसका मेयर राजाराम खड्काले १४४६ मत र उपमेयरमा काँग्रेसकी सरु बानियाँले १८६७ मत पाई अग्र स्थानमा रहेका छन् । एमालेले मेयरमा १२७५ र उपमेयरमा १३५७ मत ल्याएका छन् । त्यस्तै राप्रपाका रविन्द्र प्रताप शाहले १०२२ र राप्रपाकी यवती कार्कीले १०२७ मत प्राप्त गरेका छन् ।

Post a Comment

أحدث أقدم