भक्तपुरमा काँग्रेस ५, नेमकिपा ५ र एमाले १ वडामा विजयी

भक्तपुर । भक्तपुर जिल्लाका ४ वटै नगरपालिकामा मतगणना जारी रहेको छ । हालसम्म ११ वटा वडाको मत परिणाम सार्वजनिक भईसकेका छ । जसअनुसार नेपाली काँग्रेसले ५, नेमकिपाले ५ र एमालेले १ वडा जितेका छ ।

भक्तपुरमा चार नगरमा ३८ वडा रहेका छन् । अहिलेसम्मको मतगणना अनुसार भक्तपुर नगरपालिकाको वडा नं १,२,३,४ र ५ मा नेपाल मजदुर किसान पार्टीले विजय हासिल गरेको छ ।

वडा नं। १ मा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा र ४ मा कुमार चवाल, र ५ मा प्रेमगोपाल कर्माचार्य सहितको पुरा टिम विजयी भएका छन् ।

यसैगरी मध्यपुरथिमीको वडा नं १ मा नेपाली काँग्रेसका सुरज खड्काको प्यानल, २ मा राम थापा मगर विजयी भएका छन । वडा नं।२ मा एक महिला सदस्यमा भने एमालेले जित हासिल गरेको छ ।

वडा नं। ३ मा प्रेम बहादुर कुटुको प्यानल विजयी भएका छन् । यसैगरी, सूर्यविनायक नगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा एमालेका सानुकाजी कायस्थको प्यानलले जितेको छ ।

वडा नं २ मा नेपाली काँग्रेसका तर्फका उम्मेद्वार कमलनाथ आचार्य बिजयी भएका छन् । उक्त वडामा खुल्ला एक वडा सदस्यमा एमालेले जितेको छ । वडा नं। ३ मा नेपाली काँग्रेसकै शिवशरण खत्रीको पूरै टिम विजयी भएको छ ।

Post a Comment

أحدث أقدم