मध्यपुर थिमि नपा–४ मा वडा अध्यक्षमा कांग्रेस, सदस्यमा नेकपा एमाले बिजयी


भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं। ४ मा पनि नेपाली काँग्रेसको वडा अध्यक्ष र बाँकी पदमा एमाले विजयी भएको छ । वडा नं। ४ मा काँग्रेसका कुमार श्रेष्ठले १ हजार ५ सय ३८ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी एमालेका बालकृष्ण श्रेष्ठले १ हजार ३ सय ५ मत र माओवादी केन्द्रका कृष्णलाल गोजा श्रेष्ठले ८ सय ५२ मत पाएका छन् ।
एमालेकी महिला सदस्य रामकेशरी श्रेष्ठ, दलित महिला सदस्य खाली, खुला सदस्यद्वयमा एमालेका उमेश श्रेष्ठ र सुन्दर लाल श्रेष्ठ विजयी भएका छन् ।
काँग्रेसका मेयर उम्मेदवार अष्ट कवेंले ४ हजार ९ सय ३६ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार १ सय १९ मत पाएका छन् । माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले २ सय ५२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा काँग्रेसकी अन्जना मधिकर्मीले ५ हजार ३ सय १०, नेमकिपाका केदार खड्काले ३ हजार ३ सय ९ र माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले ४ सय ४६ मत प्राप्त गरेका छन् ।

Post a Comment

Previous Post Next Post