मध्यपुर थिमि नगरस्तरिय अन्तर–स्कूल फुटसल प्रतियोगिता आयोजना सम्वन्धमा
मध्यपुर थिमि नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरत यूवा विद्यार्थीहरुको शारीरिक, मानसिक तथा व्यक्तिगत विकासमा सहयोग गर्ने अभिप्रायले मध्यपुर थिमि नगर स्तरिय अन्तर विद्यालय फुटसल प्रतियोगिता २०७४ आयोजना गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।२०७४ जेष्ठ २८, ३१ र आषाढ २ गते सम्पन्न गरिने सो मध्यपुर थिमि नगर स्तरिय फुटसल प्रतियोगिता २०७४ बाट यूवा विद्यार्थीहरुलाई समाज र देश प्रति जिम्मेवारी बोध गराई उनीहरुको शारीरिक, मानसिक तथा व्यक्तिगत विकास लगायत समग्र नगर कै खेलकुद विकासमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको छ ।
आशा छ, मध्यपुर थिमि नगरको खेलकुद विकास एवम् खेलकुद मार्फत हाम्रा यूवा जमातहरुको उज्वल भविष्यको लागि यहाँबाट अतुलनिय सहयोग हुनेछ ।
अध्यक्ष संयोजक
श्री नबिन्द्र श्रेष्ठ श्री मनोज रंञ्जितकार

إرسال تعليق