काठमाडौं, जेठ १७– काठमाडौं (येँ) महानरपालिकाको नवनिर्वाचित मेयर र उपमेयरले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रम मार्फत मेयरमा निर्वाचित विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले पद तथा गोपनियताको सपथ गराएको थियो ।
उनीहरु दुबैले आफ्नै मौलिक मातृभाषा नेपाल भाषामा सपथ खाएका थिए । शाक्य एमालेबाट मेयरमा निर्वाचित भएका हुन् भने खड्की नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।
यस्तै काठमाडौं महानगरका ३२ ओटै बडा अध्यक्षले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।
मेयरको सपथ लिएपछि विद्यासुन्दरले के के भने ?
सपथग्रहण पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै शाक्यले भने–
– निर्वाचन भएर देशले नै जितेको । माला लगाउने मात्रै जितेको होइन । धेरै अन्योलताका बीच पनि चुनाव भयो त्यो ठूलो कुरा हो ।
–चुनाव हुनु नै दलहरुको जीत भएको छ । जनताहरु चुनावका लागि राजनीतिक दल भन्दा पनि अग्रसर थिए ।
– सबैलाई सँगसँगै मिलाएर लैजान्छु । पराजितहरु कसैप्रति आग्रह पूर्वाग्रह राख्ने छैन । रञ्जु दर्शना लगायत सबैलाई मिलाएर लैजान्छु । महानगरपापलिकालाई स्वच्छ, सुन्दर र समृद्ध बनाउँछु ।
सपथ ग्रहण समारोहमा स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरु विवेकशील नेपालकी रञ्जु दर्शना, नयाँ शक्ति पार्टी, नेपालका पवित्र बज्राचार्य लगायतको पनि उपस्थिति रहेको थियो ।
शाक्यले आजै काठमाडौं महानगरपालिका कार्यालयमा गएर पदभार गर्ने कार्यक्रम रहेको छ ।

Post a Comment