मध्यपुर थिमि । भूमाफियाले गत २६ जेठको मध्यरातमा डोजर लगाएर मध्यपुर थिमि नगरपालिकाको वडा नं. ३ र सूर्य विनायक नगरपालिकाको वडा नं. ३ को सीमानामा पर्ने हनुमन्ते खोलाको नियमित बहाव नै परिर्वतन गरिएको बिरोधमा आज शंखधरचोकमा सर्बदलिय रुपमा कोणसभा बिरोध गरेको छ । सभालाई नेकपा बिप्लबका जिल्ला प्रतिनिधी सुनिल बन्जाडे, नयाँ शक्तिका प्रतिनिधि संगीतजंग थापा, नेकपा एमालेका प्रतिनिधि सूर्यलाल श्रेष्ठ र नेमकिपाका प्रमजंग थापा श्रेष्ठले बोल्नु भएको थियो ।
सभामा भमाफियाको संलग्नता रहेको र रातको समयमा गैरकाननी र अनाधिकृत रुपमा खोलाको बहाव परिवर्तनको सूचना पाएर पनि प्रशासनले कुनै सहयोग नगरेको उल्टै सूचनाको सबै सयन्त्र बन्द गरेर खोला फर्काउने गिरोहलाई सहयोग गरेको आराप लगाएको छ । साथै सर्बदलीय सयन्त्रले भोली ३० गते सम्मको अल्टिमेटम प्रशासनलाई दिएको र प्रशासनबाट खोला यथास्थितिमा फर्काउने पहल गर्ने जनाएको पनि कार्यक्रममा बक्ताहरुले जनाएको छ ।
सो ३ दिने म्याद भित्र प्रशासनबाट कुनै सहयोग नभएमा मध्यपुरका जनता स्वंयले खोला यथास्थितिमा फर्काउने र सो कार्यमा मध्यपुर थिमि नगरपालिकाको पनि सहयोग रहने जनाएको छ ।
साथै नेपाली कांग्रसले अन्तिम समयमा आएर बिरोध कार्यक्रम बिना निर्णय हुन लागेको कार्यक्रममा सहभागी जनाउन नसक्ने भन्दै नआएको जानकारी स्रोतले दिएको छ ।



إرسال تعليق