प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न



काठमाण्डौ  । नेपाल इलेक्ट्रिसियन संघको आयोजनामा गत सोमवार देखी संचालन भएको पाँच दिने विल्डिङ्ग इलेक्ट्रिसियन प्रशिक्षक प्रशिक्षण तालिम आज शुक्रवार सम्पन्न भएको
इलेक्ट्रिसियन पेशामा आवद्ध रहेका इलेक्ट्रिसियनहरु विच विभिन्न कार्यक्रम गर्दै आएको संघले प्राविधिक प्रशिक्षण प्रतिष्ठान सानोथिमी भक्तपुरसँग सहकार्य गरेर सो तालिम गरेको हो
कार्यक्रममा प्राविधिक प्रशिक्षण प्रतिष्ठानका इन्जिनियर अनोज भट्टरई (प्रोग्राम डाइरेक्टर),ले  इलेक्ट्रिसियनहरुमा यस्ता तालिमको महत्व हुनेहुदा संघले सहकार्य गरेर तालिम दिएकोमा संघलाई धन्यवाद दिदै अवका दिनमा पनि सहकार्य गर्ने बताए
संघका सल्लाहकार एवम् नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष राम बहादुर श्रेष्ठले इलेक्ट्रिसियन व्यवसायी बन्न सक्छन् तर व्यवसायीहरु इलेक्ट्रिसियन बन्नन् सक्दैनन् भन्दै इलेक्ट्रिसियनहरुलाई सीप मुलक तालिमलाई संघले निररन्तरता दिनु पर्नेमा जोड दिए
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघ अध्यक्ष भीमलाल श्रेष्ठले नेपाल इलेक्ट्रिसियन संघ इलेक्ट्रिसियनहरुको हक हितको लागि नै स्थापना भएको बताए उहाले इलेक्ट्रिसियनहरुको काममा सहजता ल्याउनको लागि विभिन्न सस्थाहरु सँग समन्वय गरेर यस्ता किसिमका कार्यक्रम आगामी दिनमा निरन्तरता दिने उहाँको भनाई थियो संघ इलेक्ट्रिसियनहरुको व्यवसायको सुरक्षा गर्नमा लागि परेको यस कार्यमा सम्पुर्ण सदस्यहरुले साथ सहयोग गर्नुपर्ने उहाँको भनाई थियो
कार्यक्रममा तालिम निर्देशक गोविन्द श्रेष्ठ, तालिम नियुक्त प्रमुख मिना खरेल, संघका उपाध्यक्ष राजेन्द्र तिवारी, महासचिव प्रकाश कुमार दाहाल लगाएत कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम भएको थियो
प्राविधिक प्रशिक्षकहरुलाई आफ्नो कार्यक्षेत्रमा निपुर्ण वनाउनका लागि सञ्चालन भएको तालिममा २३ जना प्रशिक्षर्थीहरुको सहभागिता रहेको थियो

Post a Comment

أحدث أقدم