कोटेश्वरबाट सूर्यविनायक सम्म सडक सुरुङ मार्ग बन्ने


भक्तपुर  । कोटेश्वर – सूर्यविनायक सडक मार्गलाई अब सुरुङमा परिणत गर्ने सरकारले तयारी गरिरहेको खुल्न आएको छ । सरकारले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तरोन्नति गर्ने भएपनि यो सडक सुरुङ मार्गका रुपमा परिणत हुने भएको हो ।

सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले विमानस्थल विस्तारका लागि कोटेश्वर–सूर्यविनायक सडक मार्गलाई सुरुङमा परिणत गर्ने घोषणा गरिसकेका छन् । विमानस्थलको धावनमार्ग विस्तार र ट्याक्सी–वे थप गरी एयर ट्राफिक समस्या न्यून गर्ने योजना केही दिन अघि सार्वजनिक भएको बजेटमा पनि उल्लेख छ । केही समय अघि यो सडक विस्तार गरि ६ लेन बनाईएको थियो ।

सरकारले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनलाई तीव्रता दिँदै तीन स्थानमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि झन्डै १४ अर्ब बजेट विनियोजन गरेको छ । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा निर्माणाधीन गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि १३ अर्ब ७२ करोड बजेट छुट्याइएको छ ।

उनका अनुसार निगजढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि आगामी आवमा बोलपत्र आह्वान गरिनेछ । गौतमबुद्ध विमानस्थल विसं २०७५ चैतभित्र निर्माण सक्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी आवदेखि निर्माण सुरु गरी चार वर्षभित्र सम्पन्न गरिनेछ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि पशुपति क्षेत्र र लुम्बिनी क्षेत्रको गुरुयोजना कार्यान्वयनमा तीव्रता दिई मुख्य क्षेत्रको दोस्रो चरणको बृहत् गुरुयोजना र बृहत् लुम्बिनी क्षेत्र विकास गुरुयोजना तय गरी कार्यान्वयनको विधि तयारी गरिने छ ।

पर्यटन पूर्वाधारतर्फ आगामी आमा आर्थिक पर्यटन क्षेत्रका कार्यक्रमलाई थप परिष्कृत बनाई निरन्तरता दिएको सरकारले पर्यटकीय प्रचूरता भएका प्रमुखस्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न तयार भएको गुरुयोजना कार्यान्वयन गर्ने तथा पर्यटकीय पदमार्ग निर्माण तथा विकासको कार्यक्रमलाई निरन्तरता दिनेछ ।

Post a Comment

أحدث أقدم