इजलासमा अनुपस्थित हुने कानुन व्यवसायी कारबाही पर्ने


आफुले हेरेको कुनै मुद्दामा बहसका लागि वकालतनामा दिएर इजलासमा अनुपस्थित भए कानुन व्यवसायीलाई कारबाही हुने गरी सर्वोच्च अदालतले कानुनको मस्यौदा तर्जुमा गरेको छ । मसौदामा कानून ब्यवसायीले पक्षको हितविपरीत काम गरे पनि कारबाही हुने प्रस्ताव नियमावली मसौदामा छ ।

हाल कुनै पनी मुद्दा पेशी परे पश्चात ३ पटक सम्म वादीको तर्फवाट र ३ पटक प्रतिवादीको तर्फवाछ हटाउन पाउने अवस्थाको अभ्यास रहेको छ । उक्त अभ्यासको कुनै लिखित प्रावधान नभएता पनी अदालत र कानून ब्यवसायीको स्वविवेकमा हुनेगरेको छ ।
सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै बहसमा उपस्थित नहुने कानुन व्यवसायीलाई रजिस्ट्रारले जाँचबुझ गरी कारबाही प्रस्ताव गर्न सकिने नयाँ प्रावधान मसौदा नियमावलीमा गरिएको छ ।

नियमावली मस्यौदाको नियम १४० मा कुनै कानुन व्यवसायीउपर उजुरी परे कारबाहीका लागि कानुन व्यवसायी परिषद्मा लेखी पठाउने व्यवस्था छ । ‘कुनै कानुन व्यवसायीले वकालतनामा दिएर पनि मुद्दा सुनुवाइ हुँदा इजलासमा अनुपस्थित भएको वा पक्षको हितविपरीत कुनै काम गरेको उजुरी कसैले दिए रजिस्ट्रारले सो उजुरीउपर आवश्यक जाँचबुझ गरी निवेदनको व्यहोरा मनासिव देखेमा आवश्यक कारबाहीका लागि नेपाल कानुन व्यवसायी परिषद्समक्ष पठाइदिनुपर्ने, कारबाहीको प्रस्ताव गर्नुअघि बहसमा उपस्थित नहुने वकिललाई सुनुवाइको मौका दिइने, मुद्दा सुनुवाइमा इजलासमा उपस्थित नहुने कानुन व्यवसायीको नाम फैसलामै उल्लेख गरी अदालतमा निजको अभिलेख राखिने लगायतका प्रवधान प्रस्तावित मसौदामा रहेका छन ।

Post a Comment

أحدث أقدم