मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले आफुले चुनाव अघि गरेका प्रतिबद्धता र नगरपालिकाबाट विनियोजित विकास निर्माणको वजेटको सहि सदुपयोग भए नभएको तथा जनगुनासो सम्बोधन गर्ने उद्देश्यले नेपाली कांग्रेसबाट निर्वाचित पदाधिकारी, नेता तथा कार्यकर्ताहरूले जनअभियान कार्यक्रम सञ्चालन गरेको छ ।
साउन ९ गते बुधवारदेखि वडा नं.४ बालकुमारीबाट शुरूभएको उक्त अभियानमा मेयरका प्रत्यासी उम्मेदवार अष्टकुमार कवें, नगरउपप्रमुख अञ्जना मधिकर्मी, वडा नं.२, ३, ५, ६ र ९ का वडाध्यक्षहरू क्रमशः राम थापामगर, प्रेम कुटु, अमृतमान श्रेष्ठ, ईन्द्रबहादुर प्रजापति, रामकाजी चक्रधर, नगर सभाका सदस्यहरू हरिदास प्रजापति, बालकृष्ण श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ, नेकाका युवा नेताहरू ओमप्रकाश श्रेष्ठ, सन्तोष भट्टराई, रामकाजी श्रेष्ठ, अनिल श्रेष्ठ, बिनोद भासिमालगायतका नेताहरूको सक्रिय सहभागिता रहेको थियो । टोलिले बालकुमारि, वामुने, भुलाखेल, पोबु, चोडे, नासननि, दिगुटोल लगायतका स्थानकाबासिन्दाहरूसंग प्रत्यक्ष भलाकुसारी गरेको थियो । भलाकुसारीमा स्थानीयबासिन्दाहरूले नपाले बृद्धि गरेको सम्पती कर, वडा बजेटको बिषय र विभिन्न समस्याको बिषयमा जनगुनासो गरेको थियो भने जनप्रतिनिधिले समस्या समाधान गर्न जनप्रतिनिधिहरूले प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
from News from Nepal l Thimitimes.com https://ift.tt/2Ab8D6h
Post a Comment