अस्पतालको अवस्था तनावग्रस्त भएपछि डाक्टर केसीले भने –‘म काठमाडौं जान्छु’

जुम्ला ३ साउन । बिगत २० दिनदेखि जुम्लामा सरकारले ल्याउन लागेको चिकित्सा शास्त्र सम्वन्धि शैक्षिक बिधयेक र चिकित्सा क्षेत्रको बेथिति बिरुद्ध अनसनमा रहेको डा. गोविन्द के.सी.लाई सरकारले अपहरण शैलीमा काठमाडौं लान खोजेको बताउँदै आएका डा केसी आमरण स्थलमा रहेका बिद्यार्थी माथि सरकारले बल प्रयोग गरि कुट पश्रट गरेपछि काठमाडौं आउन सहमत भएको जनाईएको छ ।
प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि केसी आफैं काठमाडौं आउन तयार भएको उनको स्वास्थय उपचारमा संलग्न रहेको डाक्टरले बताएका छन् । उनले भने विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ । केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिने जनाईएको छ ।
आज बिहानै सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर जुम्ला पठाएको थियो । तर, केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका केसीसम्म पुग्नै दिएका थिएनन् । अनसन स्थल सम्म पुग्न नदिएपछि स्थानीय प्रशासनले समर्थकमाथि लाठी चार्ज र अश्रुग्यास प्रयोग गरेको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारीले प्रहरीलाई भित्र प्रवेश गराउने र केसीलाई काठमाडौं पठाउने कामको संयोजन गरिरहेका छन् । झड्प भएपछि दर्जनौ बिद्यार्थी घाईते भएको जनाइएको छ । यता डा कसीले पनि सरकार आफनो स्वास्थय प्रति गम्भीर भएको भए उठाएका माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन् ।



from News from Nepal l Thimitimes.com https://ift.tt/2LihUxP

Post a Comment

Previous Post Next Post