जेसी प्रविन श्रेष्ठको नेतृत्वमा ठिमी जेसीज


जेसी प्रविन श्रेष्ठको नेतृत्वमा ठिमी जेसीज

मध्यपुर थिमि  / ठिमी जेसीज २०१९ को अध्यक्षमा जेसी प्रविन श्रेष्ठ चयन भएका छन् यही पुस २७ गतेका दिन सम्पन्न उक्त पदस्थापना तथा पुरस्कार वितरण समारोहले जेसी श्रेष्ठको नेतृत्वमा ठिमी जेसीज २०१९ का लागि १० सदस्यीय कमिटी गठन गरेको हो
कमिटीको कार्यकारी उपाध्यक्षमा जेसी सुनिल श्रेष्ठ जेसी प्रविन श्रेष्ठ चुनिएका छन् त्यस्तै कमिटीको उपाध्यक्षमा क्रमश जेसी सुदिप श्रेष्ठ, जेसी नविन ध्वो श्रेष्ठ, जेसी सन्दिप श्रेष्ठ जेसी श्रृजना श्रेष्ठ चयन भएका छन् यसैगरी कमिटीले महासचिवमा जेसी जीवन श्रेष्ठ, सहसचिवमा जेसी सुजेस श्रेष्ठ, कोषाध्यक्षमा जेसी प्रफुल्ला श्रेष्ठ सल्लाहकारहरुमा  जेसी प्रदिना श्रेष्ठ जेसी अमृत प्रसाद श्रेष्ठ चुनिएका छन्
कमिटीको शाखा सम्पादक जेसी इजन श्रेष्ठ, जनसम्पर्क अधिकारी जेसी प्रजिता श्रेष्ठ कानुनी सल्लाहकारमा जेसीआई सिनेटर डिल्लीराम श्रेष्ठ चयन भएका छन्
जेसी प्रविन श्रेष्ठको नेतृत्वमा ठिमी जेसीज

कार्यक्रमको उद्घाटन प्रदेश नं. का सभासद डा राजेन्द्रमान श्रेष्ठले गरेका थिए
सन् २०१९को अध्यक्षको जिम्मेवारी सम्हालेका जेसी प्रविण श्रेष्ठलाई सन् २०१८ का अध्यक्ष ओम किशोर श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाउनुका साथै कार्यसमितिको पदस्थापन गराएका थिए सो अवसरमा वर्षभरि उत्कृष्ट काम गरेका काउनसिलर तथा जेसिस सदस्यहरुलाई सम्मान पनि गरिएको थियो
कार्यक्रममा बोल्दै वर्ष २०१९ का लागि ठिमी जेसीजका पदस्थापित अध्यक्ष जेसी प्रविण श्रेष्ठले नेतृत्व विकास कार्यक्रम समेत सञ्चालन गरी सक्षम युवा तयार पार्ने बताए उनले सो कार्यक्रमार्फत युवाहरुको साझा संगठन जेसिज नेतृत्व व्यक्तित्व विकास गर्ने संस्था भएको आफुले पनि यसै संस्थामा लागेर नेतृत्व विकास गरेको बताएका थिए अध्यक्ष जेसी श्रेष्ठले सम्पूर्ण सदस्यहरुलाई यस कार्यमा सहभागी हुन आग्रह समेत गरे
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजेन्द्रमान श्रेष्ठले प्रदेश नं. का सभासद डा. राजेन्द्रमान श्रेष्ठले आफू जेसिजसँग मिलेर सेवामुलक कार्य गर्न उत्सुक रहेकोे जेसिजको कार्यक्रममा साथ सहयोग दिने प्रतिबद्धता व्यक्त गरेका थिए कार्यक्रमा उपस्थित प्रमुख अतिथी, विशेष अतिथी तथा अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो

Post a Comment

Previous Post Next Post