भक्तपुर । भूकम्पका कारण भक्तपुरमा धेरै ठूलो संख्यामा ऐतिहासिक तथा पुरातात्विक संरचना ध्वस्त भए भने निजी घरहरूको संख्या पनि धेरै ठूलो रह्यो । यस्तो अवस्था रहे पनि निजी घरको अन्तिम निर्माण भने उत्साहजनक छैन । यस्तो अवस्था पुनःनिर्माण प्राधिकरणबाट अन्तिम किस्ता लैजानेको संख्या न्यून देखिनाले स्पष्ट गरेको छ । जिल्लाको भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा आवास पुनःनिर्माणका लागि पहिलो किस्ता सम्झौता गर्नेको तुलनामा तेस्रो किस्ता रकम लैजाने भूकम्पपीडितको संख्या अत्यन्त कम रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) भक्तपुरले जनाएको छ ।
लाभग्राहीको सूचीमा रहेका जिल्लाका कुल २८ हजार ३०८ मध्ये २४ हजार २८३ भूकम्पपीडितले मात्र सम्झौता गरेका थिए । तर पहिलो किस्तावापत रु ५० हजार लैजानेको तुलनामा दोस्रो र तेस्रो किस्ताको रकम लैजानेको संख्या निकै न्यून रहेको प्राधिकरण भक्तपुर जिल्लाका प्रमुख ध्रुव गैंडाले जानकारी दिएका छन् । उनका अनुसार, सम्झौता गरेकामध्ये दोस्रो किस्ता लैजानेमा ७ हजार १४२ भूकम्पपीडित रहेका छन् भने तेस्रो किस्ता लैजानेमा ६ हजार ६८७ मात्रै रहेको छ ।
पहिलो किस्ताको सम्झौता गरेर रकम लैजानेमध्ये २१ हजार ६२१ भूकम्पपीडितले अझै तेस्रो किस्ताको रकम लिन आएका छैनन् । यसको अर्थ भूकम्पपीडितले अझै निजी आवास निर्माण गर्न नसक्दा थप रकम लिन नआएको हुन सक्ने प्राधिकरणको भनाइ छ । कतिपय भूकम्पपीडितले आर्थिक अभावका कारण घर निर्माण गर्न नसक्दा दोस्रो र तेस्रो किस्ता लिन नआएका, कतिपयले नगरपालिकाको नक्सा पासमा सहज नहुँदा त्यहीं अलमलिएर बसेकाले नआएको, कतिपयले नक्सा पास नै नगरी घर निर्माण गरेका, कतिपयले आफ्नो स्वामित्वमा जग्गा नहुँदा र कतिपयले बहुस्वामित्वमा रहेकाले निर्माणमा कठिनाई भएको हुँदा अनुदान लिन नआएको पाइएको प्राधिकरण भक्तपुरका प्रमुख गैंडाले बताए ।
बहुस्वामित्व, गुठीजस्ता समस्याको भने प्राधिकरणले समाधन गर्दै अनुदान दिने नीति बनाएर पनि कतिपयले यसबारे जानकारी नै नपाउँदा भूकम्पपीडित अलमलिएको गुनासो बढेको छ । त्यस्तै प्रवलीकरणतर्फ थप सर्वे तथा पुनः जाँचबाट थपिएका ४१४ गरी प्रवलीकरण वर्गमा परेका थप लाभग्राही ६९४ रहेकोमा अनुदान रकमको प्रथम किस्ता प्राप्त गर्ने २७७ लाभग्राही मात्रै रहेको प्राधिकरणका इञ्जिनियर भोजराज भट्टले जानकारी दिए ।

إرسال تعليق