सांस्कृतिक पहिचानबिना मानव अस्तित्व नै अपुरो ः प्रदेश प्रमुख कोईराला


मध्यपुर थिमि हाम्रो कला हाम्रो संस्कृति,मध्यपुर हाम्रो सम्पतीभन्ने कथन अघि सार्दै आएको मध्यपुर थिमि नगरपालिकाले साँस्कृतिक गुरुयोजना तर्जुमा कार्यको शुभारम्भ गरेको ।कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर का प्रमुख अनुराधा कोईरालाले कला संस्कृति मानव जातिको अस्तित्वसँग जोडिएकाले तिनको संरक्षण गर्नु अपरीहार्य रहेको बताउनुभयो ।उहाँले गाँस,बास कपासले मात्र मानव जीवन पुर्ण नहुने भन्दै सांस्कृतिक पहिचानबिना मानव अस्तित्व नै अपुरो हुने बिचार ब्यक्त गर्नुभयो।

प्रदेश प्रमुख कोईरालाले कला संस्कृतिको संरक्षण संम्बद्र्धनको सन्दर्भमा महिला सहभागितालाई पनि बढाउनुपर्नेमा जोड दिंदै बाँकी बर्षमा मथिनपाको स्थानीय सरकारले यस क्षेत्रमा उपलब्धिमुलक काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो कार्यक्रममा प्रदेश साँसद डा.राजेन्द्रमान श्रेष्ठले मध्यपुरथिमि नगर साँढे सय बर्ष अगि स्थापना भएको उल्लेख गर्दै यहाँको कला ,संस्कृति सम्पदालाई संरक्षण गरी पर्यटकीय योजना बनाउनुपर्ने बताउनुभयो साँस्कृतिक गुरुयोजना तर्जुमा कार्यको शुभारम्भ गरेर मात्र नहुने भन्दै उहाँले आजैबाट यस कामका लागि कार्यालय नै खोली निरन्तर एउटा टिम सकृय हुनुपर्ने धारणा राख्नुभयो
अर्का प्रदेश साँसद प्रतिमा श्रेष्ठले सांस्कृतिक सम्पदाको संरक्षण बिकासका लागि नगरपालिकाले अक्षयकोष स्थापना गर्दै संग्राहलयको अवधारणा ल्याउनुपर्ने बताउनुभयो ।मथिनपा पुर्व प्रमुख मदनकृष्ण श्रेष्ठले नगरपालिकाले महोत्सव गर्नुपर्ने सुझाव दिनुभयो भने नेपाली कांग्रेसका पुर्व सभापति महेश श्रेष्ठले नगरका पुराना गल्ली मार्गका नाम हाल अनेक राखिएकाले नाम राख्दा चलनचल्तीका पुराना नाम कायम गर्नुपर्ने बताउनुभयो

कार्यक्रममा मथिनपाका प्रमुख मदनसुन्दर श्रेष्ठले साँस्कृतिक गुरुयोजना तर्जुमा कार्यको शुभारम्भ कार्यक्रम सम्पदाको संरक्षण विकासका लागि कोशेढुंगा हुने अपेक्षा गर्नुभयो ।प्रमुख श्रेष्ठले गुरुयोजना निर्माणका लागि प्रदेश साँसद डा.राजेन्द्रमान श्रेष्ठ मार्फत प्रदेश सरकारको करोड रुपैया आएको बताउँदै राजनीतिक सहमतिका आधारमा एक हप्ताभित्र उपयुक्त टिम तयार पारी महिनाभित्र नगरपालिकाको साँस्कृतिक गुरुयोजना तयार पार्न सकृय हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।उहाँले आएका सुझाव बिगतका दस्तावेजलाई मध्यनजर गर्दै गुरुयोजना बनाउनुपर्नेमा जोड दिंदै योजना बनाउँदा अल्पकालिन,मध्यकालिन दीर्घकालिन गरी चरणको बनाउनु उपयुक्त हुने उल्लेख गर्नुभयो
प्रमुख श्रेष्ठले मध्यपुरका मुर्त अमुर्त सम्पदालाई  बिश्वसम्पदा सुचिमा सुचिकृत गर्न पहल गरिने भन्दै २०७६ सालमा मध्यपुर महोत्सव गर्ने तैयारी भैरहेको जानकारी दिनुभयो ।प्रमुख श्रेष्ठले नगरपालिकाले मौलिक पात्रो प्रकाशन गर्ने बताउँदै बिस्केट जात्राका अवसरमा मथिनपाभित्र चैत ३० देखि बैशाख गतेसम्म बिदा दिने बारे छलफल भैरहेको उल्लेख गर्नुभयो कार्यक्रममा अन्वेशक डा.मोहनमुर्ति पन्तले मध्यपुरथिमिको विविध पक्षबारे प्रस्तुतिकरण गर्नुभएको थियो भने प्रा.डा.प्रकाशमान श्रेष्ठ,कांग्रेसका नगर सभापति सुरेन्द्र श्रेष्ठ,नेकपाका सुचित्रा श्रेष्ठ लगायतले सम्पदाको संरक्षणबारे सुझाव दिनुभएको थियो ।सो अवसरमा मथिनपाका संस्कृतिकर्मी संरक्षण क्षेत्रका अगुवाहरुको सहभागिता रहेको थियो

Post a Comment

أحدث أقدم