![]() |
| मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली |
मध्यपुर थिमि ।
मध्यपुर थिमि नगरपालिकाका
प्रमुख मदनसुन्दर श्रेष्ठ र
प्रमुख प्रशासकीय अधिकृत कमल
ज्ञवालीबीच विवाद बढेपछि सेवाग्राहीहरु
मर्कामा परेका छन् । योजनाहरूको रकम निकासा विषयमा
मध्यपुर थिमि नगरपालिकाका प्रमुख
मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत
कमल ज्ञवालीबीच विवाद
भएको छ। विवादका आइतबार
कार्यकक्ष छाडेर गएका ज्ञवाली बुधवारसम्म कार्यालय फर्किएका छैनन्।
नगरप्रमुख श्रेष्ठले भने संघीय मामिला
तथा सामान्य प्रशासन मन्त्रालयसँग नयाँ
प्रशासकीय अधिकृत माग गरेका
छन्। स्रोतका अनुसार
प्रमुख श्रेष्ठ र
ज्ञवालीबीच ज्ञवालीको कार्यकक्षमा भनाभन भएको थियो।
प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठसमेत उपस्थित छलफलमा
प्रमुख श्रेष्ठले बिस्केट जात्रालाई लक्ष्य
गरी १२ वटा
योजनाका रकम निकासा गर्न
दबाब दिएपछि प्रशासकीय अधिकृत
ज्ञवालीले आर्थिक नियमावलीविपरीत रकम
निकासा गर्न नसक्ने
भनी प्रतिवाद गरेका
थिए। त्यसपछि दुवैजनाबीच भनाभन
भएको स्रोतले जानकारी दियो।
मध्यपुर थिमि नगरपालिकाले एक
महिना अघि आसन्न
बिस्काः जात्रालाई लक्षित गरेर विभिन्न १२
वटा योजना सुरु
गरेको थियो। नपाले
दुई महिनाभित्र सम्पन्न गर्ने
गरी ३६ देखि
४० लाखको लागतमा
शंखधरचोक–हनुमन्ते पुल सडक कालोपत्रे, शंखधर
चोक–टिबी अस्पताल सर्भिस
ट्याक खोल्ने र
टेवा पर्खाल निर्माण, विष्णुवीर जात्रामार्गमा ढुंगा
छपाइ र पर्खाल
निर्माण, ४० लाख लागतको
फोहोर मैला व्यवस्थापन केन्द्र जाने
सडक कालोपत्रे याेजना
सुरु भएका थिए।
यसैगरी करिब ८०
लाखको लागतमा आगामी
चैत्र १३ गते
उद्घाटन गर्ने लक्ष्य राखिएको विष्णुकुण्ड पुनः
निर्माण, शंखधरचोकमा ढुंगेधारासहितको
अपाङ्गमैत्री पार्क निर्माण, नगदेश
साकोताहास्थित
तीन मिटरको सडक
आठ मिटरको चौडा
बनाउने, शंखधर सामुदायिक भवनको
डीपीसीसम्मको निर्माण, करिब एक करोड
लागतमा बालकुमारी मन्दिरको जिर्णोद्धार, ६२
लाखमा दुईपोखरी जिर्णोद्धार तथा
पुनःनिर्माण, तछुटोलस्थित पाटी निर्माणलगायतका योजना
पनि थालिएको थियो।
स्रोतका अनुसार मध्यपुर थिमि–४ स्थित बालकुमारी मन्दिर
जिर्णोद्धारको
काम बिस्काः जात्रालाई सम्पन्न गर्न
उपभोक्ता समिति मार्फत कार्य
भइरहे पनि योजनाको अन्तिम
लागतको टुंगो लागेको
छैन। योजनाको लागत
रकमको अन्तिम टुंगो
नलागेपनि नपाले १५ लाख
रुपैयाँ निकासा गरिसकेको छ।
सो योजानाको सम्बन्धमा उपभोक्ता समिति
र नगरपालिकाबीच योजना
कार्यान्वयनको
सम्झौता समेत भएको छैन।
सम्झौता नभई रकम निकासा
गरी काम भइरहे
पनि थप रकम
निकासा गर्न नगरप्रमुख श्रेष्ठले दबाब
दिएको स्रोतको दाबी
छ। त्यसैगरी आगामी
बिस्काः जात्रामा पानी भरिसक्ने गरी
दुईपोखरीको एउटा पोखरीको पुनर्निर्माणमा समेत
नगरप्रमुख श्रेष्ठ र ज्ञवालीबीच विवाद
भएको थियो। नगरप्रमुख श्रेष्ठले प्रशासकीय अधिकृत
ज्ञवालीले उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेका योजनाहरुको रकम निकासा गर्न
आनाकानी गर्ने, उपभोक्ता समितिहरूलाई अनावश्यक दुःख
दिने गरेको गुनासो
गरे।

إرسال تعليق