रामशेखर रहेनन्


रामशेखर रहेनन्

थिमि टाइम्स संवाददाता
काठमाडौं, फागुन १६ । नेपाल भाषा र साहित्य तथा  ख्यालिमी (ब्यंग्य कलाकारका रुपमा स्थापति एक मुर्धन्य कलाकार, लेखक एवं भाषिक अधिकारका लागि समर्पित  कार्यकर्ता रामशेखर नकर्मीको आज बिहान निधन भएको छ ।

वरिष्ठ कलाकार तथा साहित्यकार रामशेखर नकर्मीको आज बिहान ६ः१५ मा ८१ वर्षको उमेरमा दुःखद निधन भएको छ । नाकको क्यान्सरको कारण उहाँको निधन भएको स्रोतले बताएको छ । मधुमेहका कारण क्यान्सरको शल्यक्रिया गर्न नसकिएको र त्यही कारण दिमागमा समेत पिप जमेको कारण उहाँको निधनको भएको भक्तपुर अर्बुद रोग निवारण अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
उहाँको पार्थिव शरीर अहिले भक्तपुर अर्बुद्ध रोग निवारण अस्पताल दुधपाटीमा राखिएको छ ।

आज दिनको ११ः०० बजे नकर्मीको शव ¥याली गरेर भक्तपुर नगर परिक्रमा गरी उहाँको निवास वाचुटोल पु¥याई हनुमानघाटमा पु¥याइने नाट्यकर्मी समाजमा अध्यक्ष लक्ष्मीप्रसाद चवालले बताउनुभएको छ ।
थुप्रै नेपाली तथा नेपाल भाषाका चलचित्रको निर्देशन तथा अभिनय गर्नुभएका कलाकार नकर्मीका हाँस्यव्यंग्यकार र हाँस्यकलाकार समेत हुनुहुन्छ । उहाँका सिमा त फः फः स्व, धिन्ताल, नसं फागु चालगायत अनेकन साहित्यिक कृति प्रकाशित छन् । उहाँको सिमात फःफः स्व कथालाई समालोचकहरुले हेनरिक एण्डरसनको नांगो बादशाह कथासँग तुलना गरेका छन् । उहाँ लामो समयसम्म नेपाल भाषा साहित्य तँः मुज्यालगायत विभिन्न साहित्यिक तथा साँस्कृतिक संघ–संस्थासँग आबद्ध हुनुभयो ।
भक्तपुर इनाचोमा १९९२ मा जन्मेका नकर्मी व्यापार व्यवसाय गर्थे र उनका ४ छोरा र ४ छोरीहरु छन् ।पाहिनी गीत संग्रह, सोतिपाँय् कथा संग्रह, नसंफाःगु चा उपन्यास, सिमात फफस्वः कथा संग्रह,धिंताल्ल, व्यंग्य नाटक, सिलु चित्रमय कथा इत्यादि उनका प्रकाशित कृतिहरु हुन् ।
उनलाई श्रेष्ठ सिरपाः, बसुन्धरा गंकी पुरस्कार, नेवा हना सिरपाः इत्यादिबाट सम्मान गरिएको छ ।
गत वर्षको भूकम्पमा आफ्नो घर क्षति भएपछि केही समय टहरा र वृद्धाश्रममा समेत बस्न बाध्य भनेएका ८१ वर्षिय नकर्मीलाई आर्थिक अभाव भएका कारण उपचारका लागि विभिन्न संस्थाहरुले आर्थिक सहयोग संकलन समेत गरेर प्रदान गरेका थिए ।
जीवनभन नै नेवारभाषाको परम्परागत डबली नाटकको  पुनरुत्थान र हास्यव्यंगय विधाको सेवाका समर्पित ए‍व‌ं नेपाल भाषाको चलचित्र विकासकालागि सेवा गरिरहेका नकर्मी विभिन्न रोगबाथ ग्रसित भइ केही महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचारत थिए ।

Post a Comment

Previous Post Next Post