उपत्यकामा स्वाइनफ्लूका बिरामी फेला

उपत्यकामा स्वाइनफ्लूका बिरामी फेला, सावधानी अपनाउन चिकित्सकको सुझाव


काठमाडौं ( उपत्यकामा स्वाइनफ्लूका बिरामी फेला परेपछि सावधानी अपनाउन सर्बसाधारणलाई चिकित्सकले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताअघि पुगेका एक जना विरामीमा स्वाइनफ्लूको भाइरस भेटिएको हो। भिडभाडमा एक व्यक्तिबाट अर्को व्यक्तिमा स्वाइनफ्लू सर्ने संभावना उच्च भएकाले सावधानी अप्नाउन टेकु अस्पतालका डा शेरबहादुर पुनले आग्रह गरेका छन् ।

विशेषगरी मधुमेह, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरिएका व्यक्ति, डाइलासिस गरिरहेका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई स्वाइनफ्लू सर्ने सम्भावना बढी भएकाले उच्च सावधानी अपनाउन डा पुनको सुझाव छ।

१० दिनसम्म पनि कडा ज्वरो आए, खोकी लागिरहे, घाँटी खसखसाउनु स्वाइनफ्लूका लक्षण हुन सक्छ ।
तसर्थ यस प्रकारको लक्षण देखिएको खण्डमा तुरुन्त नजिकको स्वाीथ्य चौकी तथा चिकित्सकको सम्पर्कमा जान सुझाब दिइएबमे छ ।

Post a Comment

Previous Post Next Post