राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर अधिवेशन २०७३
मध्यपुर थिमि । राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपति शमशेर जबरा नेतृत्व र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कमल थापा नेतृत्वको दुई पार्टी एकिकरण पछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको मध्यपुर थिमि नगर कार्यसमितिको नगर अधिवेशन २०७३ गत सोमबार मध्यपुर थिमिकाु बाहाखाबजारमा सम्पन्न भयो ।
सो अधिवेशनले भुवन बाग श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ । नगर अध्यक्षमा सर्बसम्मतीबाट सहमती हुन नसकेपछि दुईजनाले अध्यक्षमा उम्मेदबारी दिएका थिए । तत्कालीन राप्रपा पशुपति शमशेर राणा नेतृत्वका पुर्व नगर अध्यक्ष पंचकृष्ण श्रेष्ठ र कमल थापा नेतृत्वको राप्रपा नेपालका पुर्व नगर अध्यक्ष भुवन बाग श्रेष्ठ दुईजना प्रत्याषी भएपछि निर्वाचन भएको थियो । जसमा भुवन बाग श्रेष्ठले ८३ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिद्वन्दी पंचकृष्ण श्रेष्ठले ७३ मत प्राप्त गर्नु भएको थियो ।
अन्य १६ जना सदस्यहरु क्रमशः रामकृष्ण श्रेष्ठ, नरगोबिन्द शंखदेव, भरत कुमार श्रेष्ठ, धनेश्वरी प्रजापति, चक्र प्रजापति, बिकाश प्रजापति, अन्जन पौडेल, सलिम पुजारी, राजेन्द्र कुमार भासिक, कृष्णमान किला, सृष्टि साँय् श्रेष्ठ, लक्ष्मी बहादुर पोडे, रविन थापा, सरिता जयना र पद्म हरि श्रेष्ठ निर्वाचित भएको राप्रपाका सदस्य नरगोविन्द श्रेष्ठले जानकारी गराउनु भयो ।

Post a Comment