मध्यपुर इलेक्ट्रो गु्रपको सदस्यता वितरण तथा नविकरण अभियान सम्पन्न

मध्यपुर इलेक्ट्रो गु्रपको सदस्यता वितरण तथा नविकरण अभियान सम्पन्न


मध्यपुर थिमि । मध्यपुर थिमि भित्र बिद्युत तथा इलेक्ट्रोनिक्स व्यवसाय र पेशामा आवद्ध व्यक्तिहरुको साझा संस्थाको रुपमा रहेको मध्यपुर इलेक्ट्रो गु्रपले संस्थाको बिकास र सुढृदीकरणको लागि सदस्यता बृद्धिको अभियानका साथ पुराना सदस्यहरुको नविकरण गरेर अभिलेख राख्ने कार्यको थालनीको लागि कार्यक्रमको आयोजना गरेको संस्थाका सचिव ज्ञानशंकर श्रेष्ठले बताउनु भयो ।
मध्यपुर थिमि क्षेत्रमा स्थायी बसोबास गरि बिद्युत व्यवसायमा संलग्न भएका व्यक्तिहरुको व्यावसायिक तथा क्षमता अभिबृद्धि गराउन र संगठित रुपमा रहेर तिनीहरुको हक हितका लागि कार्य गर्न सजिलो हुने उद्देश्यले संस्थाको स्थापना भएको संस्थाका अध्यक्ष बिश्वहरी श्रेष्ठले बताए ।
मध्यपुर इलेक्ट्रो गु्रपको लक्ष्य जनहितको पक्ष भन्ने नारालाई सार्थक बनाउन संस्थाले मध्यपुर थिमि क्षेत्रका सार्वजनिक स्थानहरु र मन्दिर पाटीहरुमा संस्थाको पहलमा बिना पारिश्रमिक बिद्युत जडान सम्बन्धी कार्य गरिदिने र आवश्यक प्राविधिक सहयोग समेत गर्न संस्था हरपल क्रियाशिल रहने बताउनु भयो ।
साथै संस्थाले आफ्ना सदस्यहरुको व्यवसायिक क्षमता अभिबृद्धिको लागि समेत कार्य गर्ने बताउनु भयाृ । कार्यक्रम मध्यपुर थिमिको शंखधरचोक स्थित वनदेवी मन्दिर परिसरमा भएको थियो ।

Post a Comment

Previous Post Next Post