मध्यपुरथिमि नगरपालिकाको बजेट सार्वजनिक, एमालेद्वारा बहिष्कार
मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाले आ.व ०७४र०७५ का लागि रु २९ करोड ५५ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ ।
मथिनपाले आयोजना गरेको नगरपरिषद्को नीति, योजना, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले आ.व ०७४÷०७५ मा आन्तरिक आयतर्फ रु सात करोड २६ लाख ७५ हजार र केन्द्रीय अनुदान तथा बाह्य स्रोतसमेत गरी रु १८ करोड २२ लाख १४ हजार, जनसहभागितामा रु दुई करोड ५३ लाख १० हजार, राजस्व बाँडफाडतर्फ रु एक करोड ५४ लाख आय हुने जानकारी दिए ।
त्यसैगरी खर्चमा विकास कार्यक्रम एवम् भौतिक पूर्वाधारतर्फ रु २२ करोड २९ लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु सात करोड ५० लाख खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ । खर्चमध्ये कूल बजेटमा प्रशासनिक खर्चतर्फ रु तीन करोड ८६ लाख ५ हजार, ऐतिहासिक सम्पदा संरक्षणतर्फ रु एक करोड ९८ लाख ५० हजार, पूर्वाधार विकासमा रु एक करोड १० लाख, बालबालिका तथा युवा लक्षित कार्यक्रममा ९४ लाख ३० हजार, आर्थिक, सामाजिकरुपमा पछाडि परेका दलित, आदीवासी, फरक क्षमता, ज्येष्ठ नागरिकका लागि रु दुई करोड ६५ लाख, वातावरणीय संरक्षण, सरसफाइ तथा व्यवस्थापनतर्फ रु एक करोड पाँच लाख बजेट विनियोजन गर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।
कार्यक्रममा सांसद् रामेश्वर ढुङ्गेलले सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गर्न ढिलाई गर्न नहुने बताउनुभयो । त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, सूर्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारी लगायतले स्थानीय निकायको विकासका लागि नागरिक समाज र राजनीतिक दलहरूको सहयोग र साथ आवश्यक रहेको औंल्याउनुभयो ।
तर एमालेद्वारा मध्यपुर थिमि नपाको नगरपरिषद तथा वजेट सार्वजनिक कार्यक्रम भने बहिष्कार गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीको गैरजिम्मेवार प्रवृत्ति, आचरण र व्यवहारको आरोप लगाउँदै नेकपा एमाले मध्यपुर थिमि नगरसमन्वय कमिटीले नगरपालिकाकाको २६ औं नगरपरिषद तथा वजेट सार्वजनिक कार्यक्रम पूर्ण रुपमा बहिष्कार गरेको छ ।
नगर समन्वय कमिटीका संयोजक मदनसुन्दर श्रेष्ठद्वारा हस्ताक्षर गर्दै जारी विज्ञप्तिमा कार्यकारी अधिकृत ज्ञवालीले नगरपरिषदको तयारीको बेलादेखि नै राजनैतिक दलहरुलाई अवमुल्यन हुने गरी परिषदको तयारीमा वडाभेलाहरु आफु खुशी मिति र स्थान तोकि त्यसको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दलहरुलाई जानकारी दिने जस्ता गैर जिम्मेवारीका काम गर्ने गरेको उल्लेख छ ।
विगत २०६२÷०६३ को जनआन्दोलन सफल पश्चात सबै परिषद र वडा भेलाहरु दलहरुसँगको सहकार्यमा हुने गरेको तर हाल आएर सो कुनै पनि कार्य नभएको भन्दै संयोजक श्रेष्ठले एमाले किनाराको साक्षीको रुपमा मात्र नबस्ने समेत बताउनुभयो ।
विज्ञप्तिमा नगर संयोजक श्रेष्ठले नगरको बैठकको निर्णयमा आप्mनो पार्टी किनारामा साक्षीको रुपमा नबस्ने उल्लेख गर्दा कार्यकारी अधिकृत ज्ञवालीले पार्टीका जिल्ला अध्यक्षलाई टेलिफोन मार्फत बैठकमा एमालेका प्रतिनिधिलाई नथी लगाएर भएपनि ल्याउने धम्कीपूर्ण अभिव्यक्ति दिएको समेत उल्लेख छ ।
विज्ञप्तिमा अधिकृत ज्ञवालीले नगरपालिकाको बैठकमा सहभागी नहुने कर्मचारीलाई बहिष्कारबादीको संज्ञा दिने, नगरपालिकाको गाडी निजि रुपमा आफै प्रयोग गरी तेल र ड्राईभरको बारेमा विवाद गर्ने, आफू अनुकूल परिचालित नहुने पत्रकारहरुलाई दुव्र्यवहार गर्ने, विज्ञापन तथा सुचना नदिने, युवाहरुसँगको विवादमा कोट फुकालेर जाईलाग्ने अतिवादी क्रियाकलाप गर्ने गरेको आरोप समेत लगाएको छ ।
कार्यकारी अधिकृत नगरपालिकामा केहि अवधिका पाहुनाका रुपमा रहेको तथ्यलाई आत्मसात गर्दै स्थानीय निकायमा रहेका कर्मचारी मित्र तथा नगरवासीहरुमा विचलित हुनु नपर्ने अनुरोध गर्दै जारी विज्ञप्तिमा नगरपरिषदका निर्णयहरु निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचन पछि मात्र लागु हुने हुदा दीर्घकालिन असर हुने कुनै पनि योजना तथा नीतिहरुमा हात नहाल्न समेत सचेत गराएको छ ।
विज्ञप्तिमा पार्टीको साथ र सहभागिता विना गरिएको परिषदको स्वामित्व ग्रहण नगर्ने समेत उल्लेख गरिएको छ ।

Post a Comment