बाहुन कसरी भए दमाई ?



बाहुनक्षत्रीबाटै दमाई जातिको सृष्टि कसरी भयो तथा बाजा बजाउने काम दमाईजातिमा कसरी भाग लाग्यो भन्नेबारेको एउटा जनश्रुती यस प्रकारको छ ।

‘पहिले गाउँघरमा उत्सवको बेलामा बाजा बजाउने मान्छे कोही थिएनन् । एक दिन एक जना गाउँलेको घरमा उत्सव मनाइने भयो । उसले त्यस बेला बाजा बजाएर रमाइलोसँग उत्सव मनाउने इच्छा ग¥यो र एउटा तामाको दमाहा बनाउन समेत लगायो । त्यस दमाहामाथि उसले दुईवटा गजा (दमाहा बजाउने लठ्ठी) पनि राख्यो । त्यसपछि आफ्ना समाजका सबै मान्छेहरुसँग उसले भन्यो, ‘हेर पहिलोपल्ट जसले गजाले हान्ला, त्यसले नै हाम्रो समाजमा सधैँ बाजा बजाउने काम गर्ला ।’
उत्सवको दिन उसको घरमा धेरै पाहुनाहरु जम्मा भएका थिए । त्यस घरकै छोरी पनि त्यस दिन ‘बाबाको घरमा उत्सव छ’ भनेर सानो छोरासँगै माइत आएकी थिई । त्यसै सानो केटाले त्यो ठुलो दमाहा बजाएछ । अनि त्यसै क्षण ‘लौन्त यही सानो केटाले बजाओस् यो दमाहा भनेर बजाउने काम दिए ।’ सानो केटोलाई त्यति ठुलो दमाहा बजाउन दिएकाले उसकी आमाले चाहीँ आग्रह गरि– त्यो दमाहा बरु अरु कसैले बजाउन् । मेरो छोराले सक्दैन ।
तर केटीकै दाजुले भन्यो, ‘पिर नमान बैनी, म तिमीलाई खान पुग्ने धान दिउँला, नयाँ लुगाहरु समेत सिउन तिमीलाई नै लगाउँला, बिहे ब्रतबन्धमा तिमीहरुलाई नै अघि लाउँला । फेरी जति नै दुख परेपनि म भान्जोलाई हलो जोत्न लगाउनेछैन । बाउसो खनाउन्न । देवताको पिँढीमा ल्याउँला, राजाको अघिअघि लाउँला ।’ यी कुराहरु  भनेर त्यो सानो केटोलाई नै दमाहा बजाउन लगाइयो र दमाहा बजाएकाले त्यो बालकलाई दमाई भन्न थालियो । कालान्तरमा उसका सबै सन्तान दमाई भए । सोही किम्वदन्तीमा आधारित एउटा कथा अहिले पनि कतिपय काँठबासीहरुलाई थाहै होला, ‘बाहुन मामा र दमाईँ भान्जाको ।’
दमाईहरु अन्य सबै हिन्दु धर्मालम्वीहरु जस्तै तीर्थ गर्ने, ब्रत बस्ने र पुजा लगाउने कार्यमा समेत संलग्न हुन्छन् । आफ्नो घरमा राखिएका देवता र कुलको पुजा गर्ने गर्दछन् । धर्मकर्मदेखि सारा विधि–विधान गर्दा यिनीहरु  पनि सँस्कृतबाट नेपालीमा तयार गरिएका उही सनातन स्तोत्र नै प्रयोग गर्दछन् । दमाई जातीमा पनि कर्ण, कश्यप, काशी, ब्रम्हशाही, कौशल्या, अत्रि, भारद्धाज, वशिष्ठ, कौशिक गोत्र आदी भएको पाइन्छ ।
यसबाट फेरी पनि के प्रष्ट हुन्छ भने एउटा कालखण्डमा बाहुन जातीले नै पेशा बदलेर उनीहरु दमाई भएका हुन् र सम्भवत आर्थिक कारणबाट ति अपहेलित हुँदै आफ्नै दाजुभाई खलकले अछुत घोषणा गरेका हुन् । यसर्थ, दमाई जाती अन्ततोगत्वा उही लाम्चानाके आर्यनहरुकै सगोत्री बन्धु हुन् ।

Post a Comment

Previous Post Next Post