अख्तियारको फन्दामा मालपोतका कर्मचारी

भक्तपुर मालपोतका दुई कर्मचारीसहित तीनजना पक्राउ

 

भक्तपुर, फागुन १२ – घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला मालपोत कार्यालयबाट दुई कर्मचारीसहित तीनजनालाई पक्रेको छ ।
पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशबबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतूलाई नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी बृत जगातीले जानकारी दिएको छ ।  
मालपोत कार्यालय अगाडिको खाजा पसलमा सेवाग्राहीसँग ६ लाख १४ हजार रुपैयाँ घुस लिँदै गर्दा एक सातादेखि निगरानीमा रहेका अख्तियारको टोलीले बुधबार कार्यालय समय पछि घुस लिँदै गरेको रकमसहित नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारले नासु बुढाथोकी, कार्यालय सहयोगी  खत्री र लेखापढी व्यवसायी न्हिुसुतूलाई नियन्त्रणमा लिएको जनाएको छ । 
अख्तियारमा परेको निवेदन अनुसार अख्तियारले अनुसन्धान थालेको अख्तियारका कर्मचारी गोकुल पन्तले बताउनुभयो ।
अख्तियारको छापा पश्चात नियन्त्रणमा आएका कार्यालयका कर्मचारीहरुको प्रबृतिलाई नियाल्दा उनीहरुले लेखापढी ब्यवसायिहरुलाई आम्दानीको प्रयोको रुपमा लिएको श्रोतले बातायो । श्रोत भन्छ सबै लेखापढी त्यस्तो नभएता पनि केहीका कारण राम्रा लेखपढि समेत बद्नाम बनेका छन् ।
आझको घटनामा जस्तो स्वरुप देखियो त्यसका बारे लेखापढी ब्यवासायिहरुले समेत गलत गर्नेलाई नियन्त्रणमा लिनु पर्ने देखिन्छ । भक्तपुरमा देखिएको मालपोतको घुस प्रकरणमा सबैको ध्यान गएता पनि प्रत्यक्ष घुस सहित नियन्णमा लिएको यो पहिलो प्रकरण बनेको देखिन्छ । लेखापढी ब्यवासायिहरु मध्ये केहीको संलग्नता र कर्मचारीको कमाईको माध्यम बनेको यो घुस प्रकरणले प्रष्टाउँछ । सेवा ग्राहीको प्रत्यक्ष काम नहुनु र बिचौलियाको मिलेमक्तोमा काम गर्ने मालपोतका कर्मचारीहरुको स्वरुपकै कारण आर्थिक लेन देनले चरम रुप लिएको र सेवाग्राहीहरु बिना अत्तिरिक्त रकम र बिचौलियाको सहयोग बिना कुनै काम नहुने बताउँछन् ।

Post a Comment

Previous Post Next Post